सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कर सप्ताहमा सचेतनामूलक कार्यक्रम


  •    न्युजभित्तो/३ मंसिर २०८०, आईतवार ११:५८ 
  • चितवन, ३ मंसिर । आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो ।

    कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको बारेमा छलफल गरिएको हो ।

    मङ्सिर ४, ५ र ६ गते उद्योगी व्यवसायीसँग करदाता शिक्षा, कर परिचालन, सरोकारवाला निकायसँग समन्वय र सहकार्यका विषयमा अन्तक्र्रिया गरिने भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ र तीनका वस्तुगत संस्थासँग गरिनेछ । मङ्सिर ७ गते उद्योग र वाणिज्य तर्फका दुई उत्कृष्ट करदातालाई सम्मान गरिनेछ । योसँगै आर्थिक ऐन २०८० ले दिएको कर सुविधाका विषयमा करदातालाई जानकारी गराउने कार्यक्रम रहेको छ ।

    भट्टराईका अनुसार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यको ७० दशमलव ४१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले कार्यालयलाई रु सात अर्ब ४० करोड नौ लाख ८६ हजार लक्ष्य दिएकोमा रु पाँच अर्ब २२ करोड नौ लाख ३० हजार राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।

    राजस्व सङ्कलनमा कमी आउनुको मुख्य कारण अनुत्पादक क्षेत्रमा लगानी हुनु रहेको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक मन्दीका कारण राजस्व सङ्कलनमा कमी आयो । नेपालको लगानी अनुत्पादक क्षेत्र शेयर बजार र जग्गामा गएर अड्कियो ।” यस कार्यालयमा ६३ हजार करदाता रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.