सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिकटकमा लाइभ बसेर पटकाको मार्केटिङ, प्रहरीले बरामद गर्यो २ लाखको पटका


  •    न्युजभित्तो/२६ कार्तिक २०८०, आईतवार ११:४७ 
  • पोखरा, २६ कात्तिक । पोखरामा टिकटकमा बसेर पटकाको मार्केटिङ गरेको थाहा पाएपछि कास्की प्रहरीले ठुलो परिमाणमा पटका तथा आतिसबाजी बरामद गरेको छ । पोखराका विभिन्न ठाउँबाट पटका, आतिसबाजी र खुर्सानी बमहरू बरामद भएको हो । आतिसबाजी ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा बरामद भएको छ । यस्तै, आलु बम २५ वटा, बुलेट बम ३ वटा, सोली बम ५ वटा, झिरझिरे ८० वटा, एटम बम १४ वटा, डवल बम १० वटा समातिएको छ ।

    गमला बम १७ वटा, चक्र बम २५ वटा, खुर्सानी बमको ९८ सेट, सानो पटका ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । उता ठाउँ ठाउँमा खेलाइएको लङ्गुर बुर्जा उर्फ खोरखोरे पनि बरामद भएको छ । खोरखोरेका ३०५ वटा गोटी, बाल्टी, जग, म्याट लगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए ।

    २ लाख भन्दा बढी मूल्यका १८ थरीका पटका बरामद गरेर नष्ट गरिएको उनको भनाई छ । ‘टिकटकमा मार्केटिङ गरिरहेको सूचना आएपछि प्रहरीले बरामद गरेको हो,’ उनले भने । तर पटकासँगै कति पक्राउ परे भन्ने खुलाइएको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.