सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इसराइलको धम्कीः बेरूतलाई पनि गजाजस्तै बनाइदिन्छौं


  •    न्युजभित्तो/२६ कार्तिक २०८०, आईतवार ११:२४ 
  • तेल अविभ, २६ कात्तिक । इसराइलले लेबनानको राजधानी बेरूतलाई पनि गजाजस्तै बनाइदिने धम्की दिएको छ। हिजबुल्लाहका नेता हसन नसरल्लाहको अभिव्यक्तिबारे बोल्दै इसराइलका रक्षामन्त्री योआव गालान्टले बेरूतलाई पनि गजाजस्तै बनाइदिने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ।

    हिजबुल्लाहका नेता हसन नसरल्लाहले शनिबार एक टेलिभिजन सम्बोधनमा इसराइलविरूद्ध आक्रमण बढाइएको दाबी गरेका थिए।

    ‘दक्षिणी लेबनानबाट इसराइलमाथिको आक्रमण जारी रहन्छ। गजामा भइरहेको इसराइल(हमास युद्धमा प्यालेस्टाइनी नागरिकहरूको समर्थनमा आक्रमण जारी रहनेछ,’ उनले भनेका थिए।

    त्यस्तै पछिल्लो एक सातायता इसराइलमाथि ड्रोन र विमानसहित शक्तिशाली मिसाइलहरू पनि प्रहार गरिएको बताएका थिए । उनले इस्लामी देशहरू इजराइलविरूद्ध एकजुट हुनुपर्ने पनि बताए। शनिबार साउदी अरबको राजधानी रियादमा भएको इस्लाम तथा अरब देशहरूको आपतकालीन सम्मेलनले इसराइललाई तत्काल संघर्षविराम गर्न अपिल गरेको बिबिसीले जनाएको छ।

    हिजबुल्लाहका नेताको अभिव्यक्तिको जवाफमा रक्षामन्त्री गालान्टले हिजबुल्लाह गम्भीर गल्तिको नजिक रहेको चेतावनी दिए।

    ‘यसको नराम्रो परिणाम ब्यहोर्नुपर्छ। यसको असर लेबनानका नागरिकहरूले ब्यहोर्नेछन्। गजामा जे गरिरहेका छौं, बेरूतमा त्यस्तै कसरी गर्ने भन्ने हामीलाई थाहा छ। बेरूतको पनि त्यस्तो हालत हुन्छ जस्तो अहिले गजाले ब्यहोरिरहेको छ,’ गालान्टको भनाइ उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.