सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गजामा दैनिक ४ घन्टा आक्रमण रोक्न इसराइल तयार


  •    न्युजभित्तो/२४ कार्तिक २०८०, शुक्रबार १२:४७ 
  • वासिङ्टन, २४ कात्तिक । ह्वाइट हाउसले गजामा अल्पकालीन युद्धविराम गर्न इसराइल तयार रहेको बताएको छ। हमासलक्षित आक्रमणमा हजारौं नागरिकहरूले ज्यान गुमाएपछि इसराइल गजाका निश्चित क्षेत्रमा दैनिक ४ घन्टा आक्रमण रोक्न तयार भएको हो।

    इसराइली आक्रमणबाट ठूलो संख्यामा नागरिकहरू मारिएपछि विश्वभर इसराइल र अमेरिकाको विरोध हुन थालेपछि इसराइल अल्पकालीन युद्धविरामका लागि सहमत भएको हो।

    गजाको उत्तरी क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानतर्फ भाग्नका लागि समय दिन दैनिक ४ घन्टा आक्रमण रोक्न इसराइल सहमत भएको ह्वाइट हाउसलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

    सहमति अनुसार इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले गजाको निश्चित क्षेत्र र समय तोक्नेछ जहाँ उसले दैनिक चार घन्टा कुनै आक्रमण गर्नेछैन।

    समय र स्थानबारे भने इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले तीन घन्टाअगाडि नै जानकारी गराउने न्युयोर्क टाइम्सले लेखेको छ।

    अमेरिकाका राष्ट्रपति जो बाइडेनले केही सातादेखि प्यालेस्टाइनी नागरिकहरूको सुरक्षा र मानवअधिकारको बारेमा इसराइलसँग कुरा गरेको बताएका छन्। एक्स९ट्वीटर०मार्फत बाइडेनले इसराइलको यस कदमलाई सकारात्मक भनेका छन्।

    ‘यो सही कदम हो। यसले त्यहाँका नागरिकहरूलाई सुरक्षित स्थानमा जान र लडाइँबाट जोगिन मद्धत पुग्छ,’ बाइडेनले लेखेका छन्। अक्टोबर ७ ९असोज २०० मा हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ रहेका १० नेपाली विद्यार्थीसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो।

    त्यसको जवाफमा इसराइलले गाजामा आक्रमण गर्दै आइरहेको छ। गजामा मानवअधिकार हनन भएको भन्दै अरबी मुलुकहरूले विरोध गरेपनि इसराइलले अमेरिकाको समर्थन पाएको थियो।

    अरबी मुलुकहरूले गजामा मानवअधिकारको रक्षा हुनुपर्ने माग गर्दै अमेरिका र इसराइलको विरोध गर्न थालेपछि अल्पकालीन युद्धविराम गर्न आइडिएफ तयार भएको हो।

    इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले यसलाई युद्धविराम नभन्न आग्रह गरेका छन्। उनले हमासले बन्धक बनाएका आफ्ना नागरिकहरूलाई नछाडेसम्म आक्रमण नरोकिने बताएका छन्। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.