सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितलाई ८० लाख बराबरको चामल बाड्यो


  •    न्युजभित्तो/२३ कार्तिक २०८०, बिहीबार १५:३२ 
  • काठमाडौं, २३ कात्तिक । भाटभटेनी सुपर मार्केटले जाजरकोट र पश्चिम रुकुममा ८० लाख बराबरको चामल प्रदान गरेको छ ।
    भूकम्प पीडित जनताको लागि उक्त चामल हस्तान्तरण गरिएको हो ।

    भाटभटेनीका तर्फबाट चार लाख २० हजार केजी चामल आज रुकुम पश्चिम लगेर सरकारी निकायलाई हस्तान्तरण गरिएको चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए । उनका अनुसार रुकुम पश्चिमका लागि लगिएको चामल हस्तान्तरण गरिसकिएको छ भने जाजरकोटका लागि पठाइएको चामल शनिबारसम्म त्यहाँ पुग्नेछ ।

    रुकुम पश्चिममा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिका, चौरहजारी गाउँपालिकाका प्रभावित नागरिकका लागि चामल वितरण गरिने जानकारी दिए ।

    भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राहत कोषमा एक करोड ११ लाख एक हजार १११ रुपैयाँ सहयोग प्रदान गरिसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.