सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा निर्मित ढुंगे धाराको औपचारिक उद्घाटन


  •    न्युजभित्तो/२२ कार्तिक २०८०, बुधबार १५:११ 
  • चितवन,२२ कात्तिक । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुंगे धाराको औपचारिक उद्घाटन गरिएको छ ।

    देवघाट जाने बाटोमा रहेको सो कलात्मक ढुंगे धाराको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गरेकी हुन् ।

    देवघाटधाम आउने तिर्थालु तथा मलामीहरुलाई लक्षित गरी बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयअन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन हेटौडाले भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो ।

    उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले काठमाडाँैपछि भरतपुरमा पहिलो पटक ढुंगे धारा निर्माण भएको दाबी गरिन् । ढुंगे धारा निर्माण स्थललाई आकर्षक र यसको संरक्षण गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने पनि सो अवसरमा उनले बताइन् ।

    महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथामिकताका साथ बजेट विनियोजन गर्दै आइरहेको उल्लेख गरिन् । उनले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्नति, शवदाह गृहलगायतका महत्वपूर्ण पूर्वाधार निर्माणका कार्य भइरहेको बताइन् । खानेपानी तथा सरसफाई डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब तीन किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च गरेको प्रमुख पौडेलले बताए ।

    धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । भरतपुर भ्रमण वर्ष २०२४ घोषणा भएसँगै देवघाट आउने धार्मिक पर्यटकलाई प्राचिन ढुङगे धाराको महत्वबारे थप स्पष्ट पार्ने प्रमुख दाहालले बताए ।

    भरतपुरको आँपटारीदेखि देवघाट पुण्यभूमिसम्म जाने बाटोको बीचमा भक्तजन यात्रीहरु, पितृ विश्रामस्थल तथा सम्पूर्ण प्राणीजनलाई पानीको आवश्यकता पूरा गर्न मौलिकशैलीकै प्रचिन ढुंगे धारा निर्माण गरिएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.