सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करण शुरू


  •    न्युजभित्तो/२१ कार्तिक २०८०, मंगलवार १५:५५ 
  • भरतपुर, २१ कार्तिक । एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करण  सुरु भएको छ । विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्टले युवा तथा बालबालिकाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले स्पिकिङ च्याम्प आयोजना गर्न लागेको हो। सोमबार भरपुरमा पत्रकार सम्मेलन मार्फत इभेन्टले प्रतियोगिता बारे जानकारी गराएको छ ।

    प्रतिस्पर्धामा आधारभूत तथा माध्यमिक विद्यालयका कक्षा ७ देखि १२ कक्षासम्मका विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।अडिसनबाट प्रारम्भिक छनोटमा छानीएर आएका प्रतिस्पर्धीहरुले तीनदिने निशुल्क तालिम लिएपश्चात फाइनल प्रवेशको लागि विभिन्न राउण्डमा प्रतिस्पर्धा गर्ने छन् ।

    माडीमा पहिलो अडिसन गरेर प्रतियोगिताको औपचारिक रुपमा उदघाटन गरिएको छ । यस लगत्तै गैंडाकोट , पश्चिम चितवन , कावासोती, पर्सा , टाँडी र भरतपुरमा क्रमशः मङ्सिर ८ ,९, १५ , १९,२२ र ३० गते अडिसन हुँदैछ ।

    करिब ३ महिना सम्म चल्ने प्रतिस्पर्धाको फाइनल माघ २६ गते हुनेछ ।प्रतियोगितामा पहिलो हुने विजेताले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ सहित मेडल ,ट्रफी , प्रमाण पत्र र छात्रवृत्ति प्रदान गरिने आयोजक संस्था विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका निर्देशक विमोचन आचार्यले बताए । उनले यस्ता प्रतियोगिताले विद्यार्थीमा भएको वाककला प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गरे। हजारभन्दा बढी विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहने अपेक्षा रहेको उनको भनाइ छ ।

    पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको इभेन्टको यो तेस्रो संस्करण हो ।पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी पहिलो, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल दोस्रो र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तेस्रो भएका थिए । यस्तै दोस्रो संस्करणमा अरोमा कलेजका सौगात आचार्य पहिलो, एकता शिशु निकेतनका आशिष बन्जारा दोस्रो र स्काइराइडर स्कुलकी आयुश्मा पोखरेल तेस्रो भएका थिए ।

    प्रतियोगिताको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मुख्य प्रायोजकको रुपमा रहेको छ ।यस्तै कार्यक्रमका अन्य प्रायोजकमा अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी,आरम्भ कलेज , अरोमा कलेज, एबसोलुट कम्प्युटर एण्ड मोबाइल ,सी स्टार कन्सल्टेन्सी , एओमस कलेज , एमस सिए , हिमाली मम, रेक्स आयल ,चिया दरबार , सिराईचुली होटल ,नेपाल क्राफ्ट एण्ड फाइबर उद्योग ,स्वस्तिक प्रोडक्सन , एस डी टेक र कोसेली गिफ्ट रहेका छन।

    प्रतियोगिताको मुख्य प्रवर्धकमा माडी नगरपालिका , गैडाकोट नगरपालिका, कावासोती नगरपालिका,रत्ननगर नगरपालिका, कालिका नगरपालिका ,राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका रहेका छन् भने लियो जिल्ला परिषद ३२५ आर नेपाल ,बेटर चितवन ,नवज्ञान सेन्टर र लियो क्लब अफ भरतपुर युथले साथ दिएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.