सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहास्थित हात्ती प्रजनन् केन्द्रमा इलाफेन्ट हेल्थ क्याम्प सुरु


  •    न्युजभित्तो/२० कार्तिक २०८०, सोमबार १६:२० 
  • चितवन, २० कात्तिक । सौराहास्थित हात्ती प्रजनन् केन्द्रमा इलाफेन्ट हेल्थ क्याम्प २०२३ आजदेखि सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका सरकारी र यस क्षेत्रका होटलमा रहेका निजी हात्तीको स्वास्थ्य परीक्षणका लागि शिविर सुरु गरिएको हो । शिविर नोभेम्बर ११ तारेखसम्म जारी रहनेछ ।
    निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार शिविरका क्रममा हात्तीको आधारभूत स्वास्थ्य परीक्षण, जुकाको औषधि खुवाइने, हात्तीको खुट्टाको नङ काट्ने र मिलाउने सँगै हात्तीलाई टिटानस र रेबिजको खोपसमेत लगाइने छ ।

    परीक्षणका क्रममा घाउ देखिएमा एन्टिबायोटीक औषधिको प्रयोग गरिने, मिनिरल्स दिने उहाँले जानकारी दिनुभयो । थप अन्य समस्या देखिएमा उपचार गरिनेछ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका ५८ हात्तीसहित एक सय १५ हात्तीको स्वास्थ्य परीक्षण गरिनेछ ।
    अमेरिकी संस्था कटी एडम्सन कञ्जरभेसन फन्टको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले शिविरको आयोजना गरेका हुन् । अमेरिकीसहित नेपालका पशु चिकित्सक र प्राविधिकले हात्तीको स्वास्थ्य परीक्षण तथा नङ मिलाउने काम गर्ने उहाँले जानकारी दिनुभयो ।
    राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी प्राविधिक किरणराज रिजालका अनुसार हात्तीको सबैभन्दा ठूलो समस्या नङ हो । हात्तीको खुट्टाको टेक्ने भागलाई प्याड भनिन्छ । हात्तीको अगाडिका खुट्टामा पाँच÷पाँच वटा र पछाडिको खुट्टामा चार÷चार नङ हुने गर्दछन् । ती नङ प्याडभन्दा लामो हुँदै गर्दा नङ फुट्ने, माटो छिर्ने, पाक्नेजस्ता समस्या आउने उहाँले जानकारी दिनुभयो । हात्तीको खुट्टाको नङ चार÷चार महिनामा काट्नुपर्ने हुन्छ ।

    शिविरमा यसलाई प्राथमिकता दिइँदैछ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार शिविरमार्फत निकुञ्जमा हात्ती रहेका सबै ठाउँमा पशु चिकित्सक र प्राविधिक पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्नेछन् । यसअघि नोभेम्बर १ देखि चार दिनसम्म बर्दियामा रहेका १३ हात्तीको स्वास्थ्य परीक्षण गरिएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.