सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सोतीको नेपाली वास्तुको अनुसन्धानात्मक पुस्तक बिमोचन


  •    न्युजभित्तो/२० कार्तिक २०८०, सोमबार १५:२३ 
  •  चितवन, २०, कार्तिक ।  वास्तुविज्ञ इन्जिनियर लक्ष्मीप्रसाद सोतीले लेखेको नेपाली वास्तुको अनुसन्धानात्मक कृति विमोचन गरिएको छ । भारत र चीनको वास्तुभन्दा नेपालको वास्तु किन फरक छ भन्ने विषयमा सोतीले लेखेको पुस्तक एक समारोहका बीचमा सूचना तथा प्रविधि मन्त्री एवम् सरकारको प्रवक्ता रेखा शर्माले विमोचन गरेकी हुन् । नेपाल ज्योतिष परिषद्को दाङमा भएको २ दिने राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन एवम् रजत बर्ष विषेश कार्यक्रमका सोतीले लेखेको पुस्तक विमोचन गर्दै प्रमुख अतिथि मन्त्री शर्माले पूर्वीय दर्शनले मानव समाजलाई सकारात्मकतातर्फ अघि बढ्ने सहयोग पुग्ने बताइन् । मन्त्री शर्माले ज्योतिषशास्त्र गणितीय सूत्रमा आधारित विज्ञान भएकाले उल्लेख गर्दै मन्त्री शर्माले यस क्षेत्रमा अझंै बढी खोज अनुसन्धान आवश्यक रहेको बताइन् ।

    नेपाल ज्योतिष परिषदका वास्तु बिभाग प्रमुख समेत रहेका सोतीले नेपाल, चीन र भारतको वास्तु फरक हुनको कारण खोजी गर्दै केहि बर्षहरु देखि यस क्षेत्रमा अनुसन्धान गरिरहेका थिए । सोही अनुसन्धानको निष्र्कषका रुपमा पुस्तक तयार गरेको उनले बताए । वास्तुमा पञ्च तत्वको महत्व र भूमिका, नेपालको वास्तु अरु देशसँग नमिल्नुको बैज्ञानिक कारणसहित सोतीले राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली वास्तुको पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध रहने वास्तुशास्त्री सोतीले जानकारी दिए ।

    नेपालमा वास्तुका अन्य किताबहरु बजारमा रहेता पनि नेपालको भूमि र भू बनोटमा आधारित भएर अनुसन्धान गरी निकालिएको यो पुस्तक पहिलो भएको उनको दावी छ । नेपालको वास्तु भारतसँग नमिल्ने तथ्यमात्र होईन नेपाल कै वास्तु पनि सबै ठाउमा एकै नियमको नहुने र नेपालको भू–बनोट र धरातलका आधारमा वास्तुलाई ५ भागमा बाँडेर क्षेत्र बिभाजन गरिएको सोतीले जानकारी दिए । कार्यक्रमको दोस्रो सत्रमा उपप्राध्यापक कपिलदेव सुवेदीले वैदिक वास्तु र इन्जिनियर लक्ष्मीप्रसादले नेपाली वास्तुसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए भने तेस्रो सत्रमा प्रा.डा. अर्जुनप्रसाद भट्टराईले ज्योतिषमा विद्या र सन्तान विषयक र प्रा. प्रेमकुमार आचार्यले संस्कारको महत्त्व र सोह्र संस्कारहरु विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनले नेपाल ज्योतिष परिषद्को १८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म दाङ घोषणापत्र २०८० जारी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.