सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुरको कावासोतीमा पनि सेन्ट्रल टावर बनाउन्ने, नारायणगढमा निर्माण अन्तिम चरणमा


  •    न्युजभित्तो/२० कार्तिक २०८०, सोमबार १४:५३ 
  • चितवन, २० कात्तिक । शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले नवलपुरको कावासोतीमा पनि आफ्नै भवन ९सेन्ट्रल टावर० निर्माण गर्ने भएको छ । लक्ष्मी पुजाको अवसर पारेर भवन निर्माणको काम सुरु गर्न लागिएको हो । कलेजका प्रिन्सिपल यज्ञ विलाश ९वाइबी० पौडेलले कावासोतीमा भवन निर्माणका लागि डिजाइन र नक्सा पासको काम सकिएको बताउनुभयो । कावासोतीमा निर्माण हुने भवन सात तलाको हुनेछ । नवलपुर जिल्लाका विद्यार्थीलाई लक्षित गरेर भवन निर्माण गर्न लागिएको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

    “नारायणगढ (भरतपुर ओरालो) मा निर्माण गरिरहेको भवनको काम अन्तिम चरणमा पुगेको छ,उहाँले भन्नुभयो,नयाँ बर्षदेखि यही भवनबाट सेवा प्रदान गर्छौ ।” कलेजले दुबै ठाउँमा आफ्नै जग्गामा भवन निर्माण गरेको उहाँले पौडेलले बताउनुभयो । नारायणगढमा निर्माणधिन सेन्ट्रल टावर नौ तलाको हुनेछ । नारायणगढको भवन चितवनको एसवन विल्र्डसले निर्माण गरिरहेको छ । कावासोतीमा पनि यही कम्पनीले भवन निर्माणको काम गर्नेछ । 

    “नारायणगढमा यही बर्ष र नवलपुरमा अर्को बर्ष भवन निर्माण सम्पन्न हुनेछ,उहाँले भन्नुभयो,अब आफ्ना विद्यार्थी आफ्नै भवनबाट सेवा प्रदान गर्नेछौं ।” प्रिन्सिपल पौडेलका अनुसार भवन अण्डरग्राउण्ड पार्किङ र लिफ्टसहितका हुनेछन । ‘सेन्ट्रल टावर अत्याधुनिक हुनेछ, सबै सेवा सुविधासहित अन्तर्राष्ट्रिय स्तरका कक्षाकोठा र प्रविधिको विकास गरिनेछ ,उहाँले भन्नुभयो ।’ पौडेलले विभिन्न देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई छुट्टाछुट्टै स्थानमा भाषा कक्षा पढाइने बताउनुभयो । कलेजले २०८१ साल बैशाखदेखि चितवनको रत्ननगरस्थित सौराहा चोकमा पनि आफ्नै भवन निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

    बिद्यार्थीका लागि सेन्ट्रल कलेजले आफ्नै बस सेवा समेत सुरु गरेको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले दुईबटा बस सञ्चालनमा ल्याएको छ । कलेजले आगामी बर्ष चितवनको राप्ती र माडी नगरपालिकाबाट समेत बस सेवा सञ्चालन गर्ने जनाएको छ । सेन्ट्रल कलेजले जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।

    बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ । प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.