सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय


  •    न्युजभित्तो/१९ कार्तिक २०८०, आईतवार १२:३७ 
  • काठमाडौं, १९ कात्तिक । मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    उनका अनुसार बैठकले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाएर खोज, उद्धार र राहत सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

    भूकम्पबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ । अस्थायी आवासभित्र खाने कुराहरु पनि पर्ने मन्त्री शर्माले जानकारी दिइन् ।

    छिमेकी लगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिक रुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने तथा त्यस्तो सहयोगका लागि नेपाल सरकारबाट धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्नेहरुलाई धन्यवाद दिँदै सहयोगका लागि अपिल गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

    भूकम्पबाट क्षति भएका सडक, सन्चार लगायतका संरचना तत्काल मर्मत सम्भार गरी सन्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने निर्णय गरेको छ । पुनर्निर्माणमा एकीकृत कार्ययोजना बनाई व्यवस्थित गर्ने निर्णय पनि नेपाल सरकार मन्त्रिपरिषद बैठकले गरेको छ ।

    भूकम्प पश्चात खोज, उद्धार र राहतमा खटिएका सरकारी निकाय, स्थानीय तह, प्रदेश सरकार, व्यक्ति एवम् संघसंस्थालाई विशेष धन्यवाद दिँदै जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी त्यसलाई निरन्तरता दिन आग्रह गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.