जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणार्थ पन्तको आर्थिक सहयोग
न्युजभित्तो/१७ कार्तिक २०८०, शुक्रबार ११:२३
चितवन, १७ कात्तिक । प्रेस चौतारी चितवनका सदस्य एवम् सामाजिक अभियान्ता सन्तोष पन्तले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणार्थ आर्थिक सहयोग गर्नुभएको छ । पन्तले भवनका लागि १५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्तरण गर्नुभएको हो ।
गत बर्ष जन्मदिनको अवसर पारेर प्रेस चौतारी पत्रकार कल्याणकारी कोषलाई आर्थिक सहयोग गर्नुभएका पन्तले यस बर्ष भने भवन निर्माणका लागि सहयोग गरेको बताउनुभयो। प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दै पन्तले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गर्नुभयो । भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको सो अवसरमा पन्तले बताउनुभयो ।
प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने पन्तलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताउनुभयो । उहाँले पन्तले संगठनप्रति दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको बताउनुभयो ।
समाजसेवी केशव कार्कीले भरतपुर ११ बसेनीमा प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको दोस्रो तला ढलानको काम हुँदैछ । पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ ।
भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।