सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जबालिया शरणार्थी शिविरमा इसराइलको दोस्रो हवाई आक्रमण


  •    न्युजभित्तो/१६ कार्तिक २०८०, बिहीबार ११:४९ 
  • तेल अविभ,जेरूसलेम, १६ कात्तिक । इसराइलले गजाको जबालिया शरणार्थी शिविरमा फेरि आक्रमण गरेको छ।

    इसराइली डिफेन्स फोर्स ९आइडिएफ०ले गजापट्टीको जबालिया शरणार्थी शिवरमा बुधबार पनि आक्रमण गरेको हो।

    आइडिएफले पनि जबालियामा दोस्रोपटक आक्रमण गरिएको पुष्टि गरेको छ। उसले दोस्रो आक्रमणा हमासको एन्टी-ट्यांक मिसाइल युनिटका प्रमुख मुहम्मद एसार मारिएको दाबी गरेको छ।

    हमासले इसराइलको दोस्रो आक्रमणबाट १९५ जना भन्दा बढी प्यालेस्टाइनी नागरिक मारिएको दाबी गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

    नागरिकहरूको घना आवादी भएको जबालिया शरणार्थी शिविरमा मंगलबार पनि इसराइलले हवाई आक्रमण गरेको थियो। उसले त्यहाँ हमासका जबालिया कमान्डर इब्राहिम बियारी मारिएको दाबी गरेको थियो।

    मंगलबारको आक्रमणबाट पनि दर्जनौं नागरिकहरूको मृत्यु तथा सयौं घाइते भएका थिए। त्यहाँ रहेका घरमा बसेर हमासले इसराइलविरूद्ध रणनीति बनाएको आइडिएफको दाबी छ।

    हमासले भने इसराइलको उक्त दाबी अस्वीकार गर्दै आइरहेको छ। उसले प्यालेस्टाइनी नागरिकहरूको हत्या गरी इसराइलले मानवताविरूद्धको अपराध गरेको आरोप लगाएको छ।

    इसराइलले जबालियामा दोस्रो पटक हवाई आक्रमण गरेको विषयमा अर्जेन्टिनाले भर्त्सना गरेको छ। त्यस्तै संयुक्त राष्ट्रसंघले पनि यसलाई युद्ध अपराधको संज्ञा दिएको छ।

    बोलिभियाले मंगलबार नै इसराइलसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरिसकेको छ।

    अक्टोबर ७ यता इसराइलको आक्रमणबाट साढे ८ हजार भन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.