सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुपेश सर्राफको हत्या आरोपमा १० जना पक्राउ


  •    न्युजभित्तो/१४ कार्तिक २०८०, मंगलवार १३:१७ 
  • काठमाडौं, १४ कात्तिक । बारामा रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ । बारा कलैया उपमहानगरपालिका–६ का रुपेसमाथि सोमबार १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । पहिले उनको घाँटीमा दुईवटा गोली लागेको थियो । मोटरसाइकलमा रहेका उनी त्यहीँ ढलेका थिए ।

    ढलेपछि पनि उनलाई थप गोली हानिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर घाइते भएका उनको अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेको मधेस प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । रुपेश बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रिन्सिपलसमेत रहेको खुलेको छ । उनीमाथि २ वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।

    रुपेशको हत्या लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समेत घटनाबारे चासो राखेको थियो । गोली हानी हत्या गरिएका रुपेश ६० किलो सुन तस्करीमा पक्राउ परेका बाराकै सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफका आफन्त भएकाले चासो राखेको प्रहरीले जनाएको छ । तर बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने घटनाको विभिन्न कोणबाट अनुुसन्धान हुँदा महिला नै हत्याको मुख्य योजनाकार भएको पाइएको बताए । “अहिलेसम्म १० जनालाई पक्राउ गरेका छौँ,” बाह्रखरीसँग कुरा गर्दै उनले भने, “त्यसमध्ये ६ जना घटनामा संलग्न रहेको पाइएको छ । चार जनामाथि पनि अनुसन्धान भइरहेको छ ।”

    उनका अनुसार ६ जनामध्ये पक्राउ परेकी महिला नै मुख्य योजनाकार रहेको पाइएको छ । के कारणले हत्याको योजना बनाइएको हो भन्ने बारेमा पनि प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । काफ्लेका अनुसार यसअघि साउनमा पनि बारामै उनीमाथि गोली प्रहारको योजना बनेको थियो । त्यसबेला सो समूहबाट सर्राफ भाग्न सफल भएको अहिले अनुसन्धानका क्रममा पाइएको काफ्लेले बताए । “यसअघि पनि गोली प्रहारको प्रयास भएको रहेछ,” उनले भने, “त्यसबेला भागेका रहेछन् तर प्रहरीमा खबर आएन । अहिले अनुसन्धानका क्रममा खुल्यो । अनुसन्धानका क्रममा मुख्य कारण महिला नै भएको पाइएको छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.