सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाजामा युद्धविरामका लागि राष्ट्रसंघले गरेको आह्वानलाई इजरायलले गर्‍यो खारेज


  •    न्युजभित्तो/१२ कार्तिक २०८०, आईतवार ११:४३ 
  • इजरायल, १२ कात्तिक। इजरायलले गाजामा आकाश, जमिन र समूद्रबाट आक्रमण जारी राखेको छ।

    गाजामा मानवीय सहायतका लागि संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई खारेज गर्दै इजरायलले गाजापट्टीमा आक्रमणलाई अझै सशक्त बनाएको छ।

    गाजामा युद्धविराम गरी मानवीय सहायता लैजानका लागि संयुक्त राष्ट्रसंघको आइतबारको महासभामा जोर्डनले प्रस्ताव राखेको थियो। उक्त प्रस्तावलाई नेपालसहित १२० देशले समर्थन गरेका थिए। अमेरिकासहित १४ देश उक्त प्रस्तावको विपक्षमा उभिएका थिए भने ४५ देश मतदानमा सहभागी भएनन्।

    गाजामा हवाइ आक्रमण गरिरहेको इजरायलले शुक्रबारदेखि जमिन र समुद्रबाट पनि आक्रमण सुरू गरेको हो।

    इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले यसलाई हमासविरूद्धको दोस्रो चरणको युद्ध भनेका छन्।

    इजरायली सेनाहरु जमीनबाटै गाजा पट्टीमा प्रवेश गरी त्यहाँ आक्रमण गरिएको भिडिओहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले प्रसारण गरिरहेका छन्।

    प्रधानमन्त्री नेतन्याहूले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा गाजा पट्टीमा शुक्रबारदेखि नै इजरायली सैनिक प्रवेश गरिसकेको बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

    गाजामा इजरायलले जमिनबाटै आक्रमण सुरू गरेको बारे सञ्चारमाध्यहरूले उल्लेख गरेको भएपनी इजरायलले शनिबार अपराह्नसम्म त्यसबारेमा कुनैपनि आधिकारिक विवरण सार्वजनिक गरेको थिएन।

    गाजामा इजरायलले सुरू गरेको आक्रमणलाई हमास-इजरायल लडाइँको तीन साता यताकै भयानक भनिएको छ। इजरायली सैनिक जमिनबाटै प्रवेश गरेपछि गाजाका नागरिकहरू थप आतंकित भएका छन्।

    अन्तर्राष्ट्रिय संघ संस्थाहरूले गाजाका नागरिकहरूको मानवअधिकार हनन भएको बताउँदै युद्ध रोक्न आह्वान गरेपनि इजरायलले गाजामाथिको आक्रमण रोकेको छैन झन् बढाएको छ।

    इजरायल-हमास युद्धको तीन साता बितिसक्दा गाजामा साढे सात हजार मानिसहरू मारिएका छन्। इजरायलले जमिनबाट आक्रमण सुरू गरेयता मात्रै ३७७ नागरिक मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै एपीले लेखेको छ।

    गाजामा अहिलेसम्म मारिएका मध्ये करिब ३ हजार महिला र बालबालिका मात्रै रहेको बताइएको छ।

    हमासले गरेको आक्रमणमा इजरायलमा १ हजार ४ सय जनाको मृत्यु भएको थियो। हमासले २ सय जनाभन्दा बढीलाई इजरायलबाट बन्धक बनाएको बताइएको छ।

    नेतन्याहुले इजरायलीको अस्तित्व जोगाउन र बन्धकमा परेकालाई छुटाउन हमासमाथि आक्रमण जारी राख्ने बताएका छन्। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.