सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो


  •    न्युजभित्तो/३ कार्तिक २०८०, शुक्रबार १२:२८ 
  • काठमाडौँ, ३ कात्तिक । दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ । चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो । तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दसैँका यात्रु बोक्ने बसका चालक रहेका छन् ।

    विशेष जाँच अभियानका क्रममा क्रममा काठमाडाँैको नागढुङ्गामा लागुपदार्थ सेवन ९लापसे० गरी सवारीसाधन चलाउँदै गरेका उनीहरूलाई पक्राउ गरी कारबाही अघि बढाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज जानकारी दिनुभयो ।

    उहाँका अनुसार ना७ख ५३२ नम्बरका ट्रकचालक धादिङको थाक्रे गाउँपालिका–२ का २९ वर्षीय रामकुमार सुवेदी, बा४ख ५७४८ नम्बरका बसचालक काठमाडौँको तारकेश्वर नगरपालिका–१ का २६ वर्षीय दिपेश सापकोटा, प्रदेश३०१००६ख २५४६ नम्बरका ट्रकचालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ का ३१ वर्षीय रामकुमार गौतम र ना६ख ९६९३ नम्बरका बसचालक कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ४४ वर्षीय दीप श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको उहाँले बताउनुभयो । आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा र यात्राका क्रममा कुनै समस्या परेमा यात्रुले तत्काल नजिकैको यात्रु सहायताकक्ष, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नं १०३ र प्रहरीको हटलाइन नं १०० मा खबर गर्नसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

    नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली र छठपर्वलाई मध्यनजर गरी काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले विशेष जाँच अभियान चलाइरहेको छ । चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुको सुरक्षा, सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थान तथा नाकामा मापसे, लापसेलगायतका अन्य विशेष सवारीसाधन तथा चालकमाथि ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ ।

    चाडपर्वको मौका छोपी सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको अनुगमनका लागि सादा पोशाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको भट्टले बताउनुभयो । प्रहरीले काठमाडौँ उपत्यकाको १६ स्थानमा राखिएका यात्रु सहायता कक्षमार्फत यात्रुलाई परेका विभिन्न समस्या समाधानसमेत गरिँदै आएको पनि प्रवक्ता भट्टले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.