इजरायलमा रहेका नेपालीको ‘कैदी बनाउ मलाई’ गीत सार्वजनिक
न्युजभित्तो/१ कार्तिक २०८०, बुधबार १३:३५
चितवन, १ कात्तिक। इजरायलमा रहेकी नेपाली गीतकार नुतन भुसालले ‘कैदी बनाउ मलाई’ गीतको भिडियो सार्वजनिक गरेकी छन् ।
संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम ’नुतन’मा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका छन । भिडियोलाई गीतकार नूतन भुसालको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।
‘कैदी बनाउ’ ’गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । राज लिम्बुको निर्देशनमा बनेको भिडियोमा प्रकाश श्रेष्ठ एवम् विष्णु कट्टेल पराजुलीले अभिनय गरेका छन् ।
इजरायलको सेरोफेरोमा सन्तोष माबोले बडो कलात्मक ढंगले छायाङ्कन गरी गीतको भिडियोलाई आकर्षक बनाइदिएका छन् । गीतकार भुसालले गीतको लेखनदेखि छायाँकन हुँदै अन्तिम रुप दिन सबैले सहयोग र मिहिनेत गरेकै कारण दर्शकहरु सामु पुगेकाले दर्शक स्रोताले पनि सो गीतलाई सुनिदिन आग्रह गरेकी छन् ।