सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लक्की फिल्मी अवार्डः कला निर्देशक गजुरेल सम्मानित


  •    न्युजभित्तो/२७ आश्विन २०८०, शनिबार १७:०० 
  • चितवन, २७ असोज । लक्की मिडिया हाउसले आयोजना गरेको “एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८०” समारोहमा कला निर्देशक अन्जन गजुरेल सम्मानित हुनु भएको छ । नेपालको मिथिलामा जन्मिएर भारतको मुम्मैमा चलचित्र क्षेत्रमा कला निर्देशनमा ख्याती कमाउनु भएको गजुरेललाई सम्मान गरिएको हो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र बरिष्ठ कलाकार निर शाहले उहाँलाई सम्मान गर्नुभएको हो । कार्यक्रम संयोजक हरि कार्की लक्कीले नेपाली भूमिमा जन्मिएर राष्ट्रकै गरिमा उच्च हुने गरी नेपाल सहित भारतीय सिने जगतमा उल्लेखनीय योगदान पु¥याए वापत उहाँलाई सम्मान गरिएको बताउनुभयो ।

    नेपालमा जन्मिएर भारतको मुम्बैमा फिल्मी क्षेत्रमा जमेका गजुरेललाई नेपाल र भारतका संघ संस्थाले यस अघि विभिन्न अवार्ड दिएका थिए । जन्मभूमि नेपाल भएको भन्दै यहाँका फिल्मसँग सम्बन्धित संस्था र बलियो कर्मभूमि बनाएको भन्दै भारतीय संघ संस्थाले अवार्ड दिएका हुन् ।

    इन्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टर्स एशोसियसनले गजुरेललाई अवार्ड दिएको छ । बलिउडमा कला क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै गजुरेललाई फिल्मी अवार्ड दिईएको हो । यससँगै क्याम्टी भेटिङ् क्रियशन अवार्ड २०२३ बाट गजुरेल सम्मानित हुनु भएको छ । यसै वर्षको जुनमा उहाँले काठमाडौंमा यो अवार्ड पाउनु भएको हो । फिल्मी क्षेत्रको कलामा उहाँले पु¥याउनु भएको योगदानको सम्मान गर्दै गजुरेललाई अवार्ड दिईएको थियो ।

    यस अघि सन् २०१५ मा कोहीनुर फिल्ममा कलाको काम गरेपछि उहाँलाई वेष्ट आर्ट डिरेक्टर अवार्डबाट सम्मानित गरिएको थियो । गजुरेल नेपाल चलचित्र प्राविधिक संघको सदस्य समेत हुनुहुन्छ । उहाँले भन्नुभयो “मैले दुई दशकभन्दा लामो समय कला क्षेत्रमा गरेको मेहनतको प्रतिफलको रुपमा आफुले अवार्ड र सम्मानलाई लिएको छु ।” यो क्षेत्रमा कडा मेहनत गर्नु परे पनि राज्य र निजी क्षेत्रबाट दिइने इज्जतका कारण आफुलाई उर्जा मिलेको उहाँले बताउनुभयो । सबै फिल्म सम्पन्न गर्दै गर्दा पारिश्रमिक मात्र होइन आफुलाई अवार्डेड गर्ने गरिएको उहाँले बताउनुभयो ।

    धनुषाको मिथिला नगरपालिकामा पर्ने लालगढमा जन्मेर हुर्किएका गजुरेल अहिले बलिउडमा चिरपरिचत नाम हो । बलिउड सिनेमाको कला निर्देशन र निर्माण डिजाइनमा वर्षौंदेखि उहाँको जादु चल्दै आएको छ । तर पर्दा पछाडिको काम भएकाले उहाँको चर्चा बाहिर खासै सुनिंदैन ।

    गजुरेलमा कलाप्रतिको रूचि सानैदेखि थियो । यही रूचिले उहाँलाई जनकपुरको विद्यालय शिक्षा पूरा गरेपछि काठमाडौंको ललित कला क्याम्पससम्म पु¥यायो । उहाँले फाइन–आर्टमा प्रविणता तह उत्तीर्ण गर्नुभयो । त्यसपछिको पढाइका लागि उहाँसामु अमेरिका, अष्ट्रेलिया, भारतमध्ये कुनै देश जाने विकल्प थियो । भारतमा पनि विभिन्न शहरहरू विकल्पमा थिए । फाइन–आर्टको लगावले उहाँलाई मुम्बई पु¥यायो । सन् १९९८ मा उहाँ जेजे स्कुल अफ आर्टमा भर्ना हुनुभयो ।

    त्यसपछि उहाँले सिनेमातिर रूचि बढाउनुभयो । त्यतिखेर बलिउड सिनेमामा नयाँ प्रविधिको प्रयोग बढ्दै थियो । त्यसलाई उहाँले नजिकबाट नियालिरहनुभएको थियो । तर बलिउड प्रवेश एउटा सामान्य नेपालीका लागि सहज थिएन ।

    करिअरको सुरूआत उहाँले ‘कसौटी जिन्दगी की’ को सहायक कला निर्देशक बनेर काम गर्नुभयो । सोही स्टुडियोमा निर्माण भइरहेको ‘कुछ आपना सा’, ‘इत्ती सी खुसी’ जस्ता टेलिसिरियलमा पनि उहाँले काम गर्ने अवसर पाउनुभयो । कला निर्देशक पोदारको सहयोगले उहाँ छिट्टै निर्देशक बन्नुभयो । ‘केही वर्षमा त म कसौटी जिन्दगी कीको कला निर्देशक नै बनेँ,’ उहाँले सुनाउनुभयो ।

    बिस्तारै गजुरेलको माग बलिउड सिनेमा पनि हुन थाल्यो । उहाँले फिल्म ‘काबुल एक्सप्रेस’ को कला निर्देशकको जिम्मेवारी पाउनुभयो । यो उहाँले पहिलो पटक कला निर्देशन गरेको बलिउड सिनेमा हो ।

    गजुरेलले ‘लुडो’, ‘विल यु म्यारी मी’, ‘क्यारी अन कुत्तो’, ‘राम भजन जिन्दावाद’ लगायत सिनेमामा कला निर्देशन गर्नुभएको छ ।

    उहाँले कार्तिक आर्यन र कियारा आडवाणीले अभिनय गर्ने ‘सत्यप्रेम की कथा’ र अनुपम खेरसँग काम गरिसक्नु भएको छ । आदित्य रोय कपुर रहेको ‘लाइफ इन अ मेट्रो’ को सिक्वेल ‘मेट्रो इन दिनों’ मा काम गरि रहनुभएको छ । उहाँ कथाको मागअनुसारको सेट तयार पार्न धेरै मेहनत गर्नुहुन्छ । उहाँले कोरेको स्केचअनुसार सिनेमाको सेट तयार हुन्छ ।

    गजुरेलले नेपाली चलचित्र कोहिनुरको पनि कला निर्देशन गर्नुभएको थियो । उहाँले नेपाली रियालिटी शो ‘सारेगम लिटिल च्याम्प’, ‘क्राइम पेट्रोल’ को पनि कला निर्देशन गर्नुभएको छ । रियालिटी शोहरू स्टुडियोभित्र गरिने भए पनि नेपाली चलचित्रहरू प्रायः बाहिर छायांकन गर्ने चलन छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.