सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ड्रागन फ्रुट खेतीमा सफल गौली


  •    न्युजभित्तो/२४ आश्विन २०८०, बुधबार १६:५१ 
  • तनहुँ, २४ असोज। जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन’ खेती सुरु गर्नुभएकी कल्पना गौलीले पहिलो वर्षमै रू १० लाख आम्दानी गर्नुभएको छ । विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गर्नुभएकी उहाँले नौ पटकसम्म दुई हजार किलोग्राम उत्पादन गर्नुभएको हो ।

    यस वर्ष करिब रू दश लाख बराबरको ड्रागन बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । “अब बढीमा रू तीन लाखको बिक्री हुने अनुमान गरेको छु”, गौलीले भन्नुभयो, “बढीमा तीन पटक फल दियो भने पहिलो वर्षको कूल आम्दानी रू १२ देखि १३ लाखसम्म हुन्छ ।”

    उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजार क्षेत्रमा खपत हुने गरेको उहाँले बताउनुभयो । वैशाखमा फूल खेल्न सुरु हुने र ६० दिनभित्र खानायोग्य हुने जनाउँदै गौलीले मङ्सिरसम्म फल्ने बताउनुभयो । दोस्रो वर्षमा पहिलो वर्षको तुलनामा दोब्बर उत्पादन हुने ड्रागन खेती गर्दै आएका व्यवसायीले जानकारी दिएका उहाँको भनाइ थियो ।

    “कतिपय व्यवसायी फार्ममा आएर ड्रागन लैजानुहुन्छ । कुनै समयमा आफँैले गाडीमा राखेर बजारसम्म लगेर बिक्री गर्ने गरेको छु”, गौलीले भन्नुभयो । उत्पादित ड्रागन प्रतिकिलो रू पाँच सयदेखि रू छ सयसम्म बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

    करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको किसान गौलीले जानकारी दिनुभयो । “गतवर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थिएँ”, उहाँले भन्नुभयो, “यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ ।”

    सुरुमा करिब रू असी लाख खर्च भएको भन्दै उहाँले त्यसमध्ये रू ४२ लाख पचास हजार खेतीमा लगानी गरिएको गौलीले बताउनुभयो । “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायतका बहुआयामिक किसिमले खेती गरेको छु”, उहाँले भन्नुभयो ।

    फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिनुभयो । एउटा पोलमा करिब रू दश हजारका दरले खर्च भएको उहाँको भनाइ थियो । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै किसान गौलीले बिक्री गर्न नपाए पनि आफूहरुले चाख्न पाएको बताउनुभयो ।

    ड्रागनका बिरुवा बिक्री

    किसान गौलीले यसवर्ष रू तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गर्नुभएको छ । प्रति बिरुवा रू दुई सयदेखि रू पाँच सयसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेका छन् ।

    विज्ञको अभाव

    नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको किसान गौलीले गुनासो गर्नुभयो । चसो मौसमा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उहाँको भनाइ थियो ।

    निमपत्ता, असुरो, तितेपाती, खिर्रो, बनमासा, सिमाली र गौमूत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको गौलीले सुनाउनुभयो । “सोह्र वर्ष शिक्षण पेसा र १५ वर्ष दमौली बजारमा बुटिक व्यवसाय गरेकी थिएँ । अहिले ड्रागन खेतीसँगै व्यास–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छु”, उहाँले भन्नुभयो । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री तथा कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.