सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कला निर्देशक गजुरेललाई अवार्ड


  •    न्युजभित्तो/२० आश्विन २०८०, शनिबार १४:२२ 
  • चितवन, २० असोज । नेपालमा जन्मिएर भारतको मुम्बैमा फिल्मी क्षेत्रमा जमेका अन्जन गजुरेललाई नेपाल र भारतका संघ संस्थाले अवार्ड दिएका छन् । जन्मभूमि नेपाल भएको भन्दै यहाँका फिल्मसँग सम्बन्धित संस्था र बलियो कर्मभूमि बनाएको भन्दै भारतीय संघ संस्थाले अवार्ड दिएका हुन् ।

    इन्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टर्स एशोसियसनले गजुरेललाई अवार्ड दिएको छ । बलिउडमा कला क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै गजुरेललाई फिल्मी अवार्ड दिईएको हो । यससँगै क्याम्टी भेटिङ् क्रियशन अवार्ड २०२३ बाट गजुरेल सम्मानित हुनु भएको छ । यसै वर्षको जुनमा उहाँले काठमाडौंमा यो अवार्ड पाउनु भएको हो । फिल्मी क्षेत्रको कलामा उहाँले पु¥याउनु भएको योगदानको सम्मान गर्दै गजुरेललाई अवार्ड दिईएको हो ।

    यस अघि सन् २०१५ मा कोहीनुर फिल्ममा कलाको काम गरेपछि उहाँलाई वेष्ट आर्ट डिरेक्टर अवार्डबाट सम्मानित गरिएको थियो । गजुरेल नेपाल चलचित्र प्राविधिक संघको सदस्य समेत हुनुहुन्छ । उहाँले भन्नुभयो “मैले दुई दशकभन्दा लामो समय कला क्षेत्रमा गरेको मेहनतको प्रतिफलको रुपमा आफुले अवार्डलाई लिएको छु ।” यो क्षेत्रमा कडा मेहनत गर्नु परे पनि राज्य र निजी क्षेत्रबाट दिइने इज्जतका कारण आफुलाई उर्जा मिलेको उहाँले बताउनुभयो । सबै फिल्म सम्पन्न गर्दै गर्दा पारिश्रमिक मात्र होइन आफुलाई अवार्डेट गर्ने गरिएको उहाँले बताउनुभयो ।

    धनुषाको मिथिला नगरपालिकामा पर्ने लालगढमा जन्मेर हुर्किएका गजुरेल अहिले बलिउडमा चिरपरिचत नाम हो । बलिउड सिनेमाको कला निर्देशन र निर्माण डिजाइनमा वर्षौंदेखि उहाँको जादु चल्दै आएको छ । तर पर्दा पछाडिको काम भएकाले उहाँको चर्चा बाहिर खासै सुनिंदैन ।

    गजुरेलमा कलाप्रतिको रूचि सानैदेखि थियो । यही रूचिले उहाँलाई जनकपुरको विद्यालय शिक्षा पूरा गरेपछि काठमाडौंको ललित कला क्याम्पससम्म पु¥यायो । उहाँले फाइन–आर्टमा प्रविणता तह उत्तीर्ण गर्नुभयो । त्यसपछिको पढाइका लागि उहाँसामु अमेरिका, अष्ट्रेलिया, भारतमध्ये कुनै देश जाने विकल्प थियो । भारतमा पनि विभिन्न शहरहरू विकल्पमा थिए । फाइन–आर्टको लगावले उहाँलाई मुम्बई पु¥यायो । सन् १९९८ मा उहाँ जेजे स्कुल अफ आर्टमा भर्ना हुनुभयो ।

    त्यसपछि उहाँले सिनेमातिर रूचि बढाउनुभयो । त्यतिखेर बलिउड सिनेमामा नयाँ प्रविधिको प्रयोग बढ्दै थियो । त्यसलाई उहाँले नजिकबाट नियालिरहनुभएको थियो । तर बलिउड प्रवेश एउटा सामान्य नेपालीका लागि सहज थिएन। एक दिनको कुरो हो, एउटा पार्टीमा चिनेजानेका व्यक्तिले उहाँको पढाइ र कामको बारेमा चासो राखे गजुरेलले वास्तविकता सुनाउनुभयो । उहाँले भन्नुभयो “उहाँले नै मलाई बालाजी सिनेमाजमा काम गर्ने रवि भट्टराईसँग भेटाउन लैजानुभयो। कुरूप गल्लीको भित्र असाध्यै सुन्दर स्टुडियो रहेछ। ओहो, त्यो त शाही दरबार जस्तै थियो। त्यो स्टुडियोलाई कला निर्देशकले आवश्यकता अनुसार डिजाइन गर्दा रहेछन् ।”

    गजुरेलमा भन्नुभयो आफूले पढेको ’आर्ट’ लाई यो क्षेत्रमार्फत जीवित राख्न सकिने आशा पलायो। लगत्तै उहाँले काम पनि पाइहाल्नुभयो । उहाँले बालाजी सिनेमाजका कला निर्देशक रजत पोदारको सहयोगी बनेर काम सुरू गर्नुभयो । करिअरको सुरूआत उहाँले ‘कसौटी जिन्दगी की’ को सहायक कला निर्देशक बनेर काम गर्नुभयो । सोही स्टुडियोमा निर्माण भइरहेको ‘कुछ आपना सा’, ‘इत्ती सी खुसी’ जस्ता टेलिसिरियलमा पनि उहाँले काम गर्ने अवसर पाउनुभयो । कला निर्देशक पोदारको सहयोगले उहाँ छिट्टै निर्देशक बन्नुभयो । ‘केही वर्षमा त म कसौटी जिन्दगी कीको कला निर्देशक नै बनेँ,’ उहाँले सुनाउनुभयो ।

    बिस्तारै गजुरेलको माग बलिउड सिनेमा पनि हुन थाल्यो। उहाँले फिल्म ‘काबुल एक्सप्रेस’ को कला निर्देशकको जिम्मेवारी पाउनुभयो । यो उहाँले पहिलो पटक कला निर्देशन गरेको बलिउड सिनेमा हो।

    गजुरेलले ‘लुडो’, ’विल यु म्यारी मी’, ‘क्यारी अन कुत्तो’, ‘राम भजन जिन्दावाद’ लगायत सिनेमामा कला निर्देशन गर्नुभएको छ ।

    उहाँले कार्तिक आर्यन र कियारा आडवाणीले अभिनय गर्ने ‘सत्यप्रेम की कथा’ र अनुपम खेरमा काम गरिसक्नु भएको छ । आदित्य रोय कपुर रहेको ‘लाइफ इन अ मेट्रो’ को सिक्वेल ‘मेट्रो इन दिनों’ मा काम गरि रहनुभएको छ । उहाँ कथाको मागअनुसारको सेट तयार पार्न धेरै मेहनत गर्नुहुन्छ । उहाँले कोरेको स्केचअनुसार सिनेमाको सेट तयार हुन्छ ।

    उहाँले भन्नुभयो “बलिउडमा सलमान खानबाहेक सबैजसो कलाकारसँग काम गर्ने अवसर पाएको छु । समय अभावका कारण धेरै काम लिन सकेको छैन ।”

    गजुरेलले नेपाली चलचित्र कोहिनुरको पनि कला निर्देशन गर्नुभएको थियो । उहाँले नेपाली रियालिटी शो ‘सारेगम लिटिल च्याम्प’, ‘क्राइम पेट्रोल’ को पनि कला निर्देशन गर्नुभएको छ । रियालिटी शोहरू स्टुडियोभित्र गरिने भए पनि नेपाली चलचित्रहरू प्रायः बाहिर छायांकन गर्ने चलन छ ।

    काम अनुसारको पारिश्रमिक पाउने भएकाले बलिउडमा कामदारको अभाव छैन। गजुरेलले एउटा सिनेमामा काम गरेको २० देखि ३० लाख भारतीय रूपैयाँ लिने गरेको बताउनुभयो । सामान्य कामदारले पनि मासिक २० हजार भारतीय रूपैयाँभन्दा बढी तलब बुझ्छन् ।

    ४६ वर्षीय गजुरेल सिनेमा बाहेकका घर, व्यावसायिक प्रतिष्ठानको पनि डिजाइन तयार पार्नुहुन्छ । फुर्सद समयमा क्यान्भासमा रङ भर्नुहुन्छ । कुनै समय फाइन आर्टको पढाइ पूरा गरेर पनि सोचेजस्तो काम नपाउँदा निराश बन्नुभएका गजुरेललाई अहिले त्यतिखेरकै पढाइले सघाइरहेको छ । कक्षामा गरेको मेहनतको फल अहिले पाइरहेको उहाँ बताउनुहुन्छ । बलिउडमा चर्चित निर्देशक, कलाकारहरूले तारिफ गरेको सुन्दा आफूले गरेको कामप्रति खुसी लाग्ने गजुरेलले बताउनुभयो । पछिल्ला वर्षहरुमा भारत र नेपालमा मात्रै होईन बाह्य देशहरुमा समेत फिल्ममा काम गर्न उहाँलाई प्रस्ताव आउने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड
    मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
    सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान
    • ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
    • तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
    • पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना
    • मत्स्यनारायणमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.