सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालले चीनलाई एक जोडी गैंडा उपहार दिने


  •    न्युजभित्तो/९ आश्विन २०८०, मंगलवार १४:५८ 
  • चितवन, ९ असोज । नेपालले चीनलाई एक जोडी गैंडा उपहार दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा नेपालले चीनलाई उपहारका रूपमा २ वटा गैंडा दिने जनाएको हो । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा बेइजिङबाट मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा नेपालले चीनलाई उपहारका रूपमा गैंडा दिने उल्लेख छ ।

    दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा नेपालले चीनलाई गैंडा उपहार दिन लागेको पनि वक्तव्यमा उल्लेख छ । यसअघि पनि नेपालले चीनलाई ४ वटा गैंडा उपहारका रूपमा दिएको थियो । २०७३ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले चीनलाई गैंडा उपहार दिएको थियो । दुई चरणमा नेपालबाट भद्र, रुपसी, सोल्टी र मितिनी नाम गरेका गैंडा चीन पठाइएको थियो । नेपालले अमेरिका, जर्मनी, सिंगापुर बंगालदेश, जापान र अस्ट्रियालगायतका मुलुकलाई गैंडा उपहार दिँदै आएको छ ।

    २०७७ सालको गणनाअनुसार नेपालमा गैंडाको संख्या ७५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि भएको गणनामा संख्या ७ सय ५२ पुगेको हो । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.