सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैंडालाई खाल्डोमा पारेर मार्ने चार जना २५ वर्षपछि पक्राउ


  •    न्युजभित्तो/८ आश्विन २०८०, सोमबार १४:५२ 
  • चितवन,८ असोज। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैंडा मारेको अभियोगमा चार जनालई प्रकाउ गरिएको छ । निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गैंडा मारेको अभियोगमा २५ वर्षपछि ४ जनालाई प्रकाउ गरिएको हो ।

    प्रकाउ पर्नेमा २५ वर्षदेखि फरार रहेका काले बानियाँ भनिने गोगनबहादुर बानियाँ क्षेत्री, विष्णु कार्की, यामबहादुर बानियाँ र हरि कार्की रहेको तिवारीले जानकारी दिएका छन् ।

    चितवन निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा शनिबार काले बानियाँ क्षेत्री, विष्णु कार्की , आइतबार सानोपोखराबाट यामबहादुर बानियाँ र जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा पाँचखालबाट शनिबार नै हरि कार्कीलाई प्रकाउ गरिएको तिवारीले जानकारी दिए । उनका अनुसार हाल उनीहरुलाई जिल्ला कारागार कार्यालय भरतपुर पढाइएको छ ।

    निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वमा रहेको पन्ना खोला नजिक गैंडा खाल्डोमा पारेर खाग काटी लगेका अवस्थामा २०५५ साल कात्तिक २८ गते निकुञ्जका कर्मचारीले गस्तीको क्रममा मृत गैंडा फेला पारेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.