अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल सहित धनगढी बजार डुबानमा
न्युजभित्तो/८ आश्विन २०८०, सोमबार ११:५९
धनगढी, ८ असोज । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर का सथै सेती प्रादेशिक अस्पताल क्षेत्र जलमग्न भएका हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको छ । त्यस्तै सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ ।