पोर्क खाएको भिडिओ टिकटकमा हाल्ने महिलालाई दुई वर्ष जेल र २१ लाख जरिवाना
न्युजभित्तो/७ आश्विन २०८०, आईतवार १५:०२
काठमाडौं,७ असोज। सुँगुरको मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेको अभियोगमा इन्डोनेसियाकी टिकटकरलाई कडा सजाय सुनाइएको छ । मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट भन्दै टिकटकर लिना लुत्फियावाटिसलाई गत साता इन्डोनेसियाको मुस्लिम संस्था ‘उलेमा काउन्सिल’ ले दुई वर्ष जेलका साथै १६,२६९ डलर ९करिब साढे २१ लाख रूपैयाँ० जरिवाना तोकेको हो ।
विभिन्न मासुजन्य व्यञ्जनहरूको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेकी लिनाले अहिलेसम्म माछा, गँगटा, शंखेकिरा, झिँगेमाछा तथा विभिन्न जनावरका मासुजन्य परिकारको भिडिओ बनाएर हालिसकेकी छन् । तर, सुँगुरको मासु खाएको भिडिओ टिकटकमा पोस्ट गरेपछि भने उनले कडा सजाय भोग्नु परेको छ ।
त्यस्तै लिनाले आफ्नो गल्ती स्वीकार्दै कयौंपटक माफीसमेत मागेकी थिइन् । उनले पत्रकारहरुसँग भनिन्, ‘मैले गलत गरिरहेको छु भन्ने थाहा थियो, तर दुई वर्षको जेल सजाय अपेक्षा गरेको थिइनँ ।’
लिना जाकार्तामा बस्छिन् भने उनको व्यवसायीक कारोबार भारतमा पनि छ । उनी टिकटकमा लिना मुखर्जीको नाममा भिडिओ पोस्ट गर्ने गर्छिन् । पोर्क खाएको भिडिओ भने उनले आफ्नो अफिसियल अकाउन्टबाट नभइ वैकल्पिक अकाउन्टबाट पोस्ट गरेकी थिइन् । भिडिओमा उनले यसअघि दुईपटक सुँगुरको मासु खाएको बताएकी छिन् ।
इन्डोनेसिया मुस्लिम बाहुल्य मुलुक हो । यहाँको २५ करोड ५० लाख जनसंख्यामा झण्डै ९० प्रतिशत हिस्सा मुस्लिमहरूले ओगटेका छन् । विश्वको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको मुलुक इन्डोनेसिया नै हो । यहाँ सुँगुर खानमात्र होइन, छुनसमेत बर्जित छ ।