सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी अध्यक्ष पण्डितलाई ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’


  •    न्युजभित्तो/६ आश्विन २०८०, शनिबार १४:१६ 
  • काठमाण्डौं, ६ असोज । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनका अध्यक्ष सुवास पण्डित ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार २०८०” बाट पुरस्कृत हुनु भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित प्रेस काउन्सिल नेपालको ५४ औं वार्षिकोत्सव समारोहमा उहाँलाई सो पुरस्कार हस्तान्तरण गरिएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकार प्रवक्ता रेखा शर्माले पण्डितलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । प्रेस काउन्सिल नेपालले पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै पण्डितलाई सो पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी नगद रु.१० हजार र प्रमाणपत्र रहेको छ ।

    सन् २००७ मा पहिलोपटक चितवनको कालिका एफएमबाट पत्रकारिता शुरु गर्नुभएका पण्डितले चितवनका विभिन्न सञ्चार माध्यममा काम गरिसक्नु भएको छ । रेडियो त्रिवेणी, क्रिष्टल टेलिभिजन, रेडियो कार्यक्रम “ब्रेक थ्रु“ लगायतमा उहाँले काम गरिसक्नु भएको छ ।

    पण्डित हाल अनलाइनखबरको चितवन संवाददाता हुनुहुन्छ भने ‘ब्रेक थ्रु’ साप्ताहिक प्रकाशन गर्दै आउनु भएको छ ।

    पुरस्कार प्राप्त गरेपछि बोल्दै उहाँले पत्रकारिताको कर्ममा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो “मलाई पुरस्कार प्राप्त हुने सूचना पाएदेखि विभित्र माध्यमबाट शुभकामना दिनुहुने, बधाई दिनुहुने तपाईं सबै–सबैप्रति म कृतज्ञ छु, धेरै धन्यवाद दिन चाहान्छु ।” पुरस्कारले जीवनमा सत्कर्ममा लाग्न अझै बढी जिम्मेवार बनाएको पण्डितले बताउनुभयो ।

    अध्यक्ष पण्डितकै नेतृत्वमा प्रेस चौतारीको नेपालमै पहिलो घर चितवनमा निर्माण भईरहेको छ । पत्रकारहरुको क्षमता अभिबृद्धि र संस्थागत विकासका लागि समेत यो भवन सार्थक हुने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.