सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्ताए ‘अलैचिका पिता’ चिन्तामणि


  •    न्युजभित्तो/२ आश्विन २०८०, मंगलवार १२:०० 
  • चितवन, २ असोज । उत्तरी गोरखाको हंसपुर क्षेत्रमा अलैचि खेतीको शुरुवात गरेर परिचय पाएका चिन्तामणि अधिकारीको निधन भएको छ । तत्कालिन हंसपुर गाउँ विकास समिति वडा नं. ३ तिलबारीमा बि.सं. १९९३ मा जन्मिनु भएका अधिकारीको सोमबार राती गैंडाकोटमा निधन भएको हो ।

    अधिकारीको आज देवघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीले उत्तरी गोरखामा अलैचि भित्र्याएर त्यस क्षेत्रमा व्यवसायिक अलैचि खेतीको विकासमा ठूलो योगदान पु-याउनु भएको छ । सरकारी निकायबाट समेत अग्रणी किसानका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो ।

    आफू जन्मिएको वडा नं. ३ का पूर्व अध्यक्ष समेत रहनु भएका अधिकारी स्थानीय ज्ञानज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा १८ वर्षसम्म सेवा गर्नुभएको थियो ।

    हालको अजिरकोट गाउँपालिका वडा नं. ३ मा सो ठाउँ पर्दछ । उहाँले धार्मिक, सामाजिक, शैक्षिक, राजनीतिक संघ संस्थामा रहेर उल्लेखनीय योगदान पु-याउनु भएको छ ।

    अधिकारी नेकपा एमालेको जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य हुनुहुन्थ्यो । उहाँका दुई छोरा, तीन छोरी, सात नाति, तीन नातिनी र एक पनाति छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.