सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षा, रोजगार  र शुसासनमा महिलाको भूमिका


  •    न्युजभित्तो/२ आश्विन २०८०, मंगलवार ०८:०५ 
  • विष्णु अधिकारी

    १     पहिलो चरण स्वागत गर्छौ  अतिथि वर्गलाई
           दोस्रो चरण स्वागत गर्छौ उपस्थितलाई ।।

    २   हामी सबै दिदी बहिनी वल्लो पल्लो गाउँमा
         गीत गाउन  जुटेका छौ एकै ठाउँमा ।।

    ३   अधि बढौ दिदी बहिनी दुईचार कुरा सिकौ न
         आफ्ना आफ्ना प्रतिभालाई बाहिर झिकौ’ न।।

    ४    राम्रो हुन्छ खाली ठाउँमा बोट बिरुवा  सारेको
           पुरुष प्रधान समाजले पछि पारेको।।

    ५     बढ्नु पर्छ नारी अघि हुन्न कहिले लजाउन
            शिक्षित बनी घर  आगन हाम्ले सजाउन ।।

    ६     अशिक्षित नारीहरुको चेतनालाई जगाउन
           शिक्षा, स्वास्थ्य, रोजगारी वार्ड मै  मागौन।।

    ७     पढाई दिनु छोरीलाई दाइजो दिनु पर्दैन
            शिक्षाको काम दाइजोले गरदै गर्दैन  ।।

    ८      लोभको भाडो भरिदैन पराइको धनले
            शिक्षित नारी ल्याउँछु भनी ठानौ मनले ।।

    ९       समयलाई नबुझेमा पछि दुःख पर्ने छ
              ज्ञान, सिप र शिक्षाले सहयोग गर्ने छ।।

    १०     नारीलाई नी रोजगारीको अवसर दिलाउन
              शशक्त र  आत्मनिर्भर नारी बनाउन।।

    ११      शहरका नारीले  त पढ्न लेख्न पाका छन्
               गाउँ घरका नारी अझै मेला गाका छन् ।।

    १२    महिलाको जनसंख्या पुरुष भन्दा धेरै छ
             साक्षारता र रोजगारीमा महिला थोरै छ ।।

    १३     अनुशासन, सहनशिलता महिलाको गहना
              विस्वोव्यापीकरणको, हाम्रो चाहना।।

    १४       रोजगारीमा पारिश्रमिक समान हुनु पर्दछ
                श्रम ऐनको पालनाले सहयोग गर्दछ।।

    १६        समयलाई नबुझेमा पछि दुःख पर्ने छ
                आफ्नो हक अधिकार लिनु पर्ने छ।।

    १७       सुसासन ल्याउनु पर्छ नारी  अब जागेर
               असल समाज निर्माणको जिम्मा मागेर।।

    १८       नारी विना समाजमा शुसासन आछैन
               कति  ठाउमा नारीले अवसर  पाछैन।।

    १९       वातावरण सफा भय रोगले पनि छुदैन
               टिकटक र फेसबुक युटुबमा भुल्नु हुँदैन।।

    २०      आधुनिक कृषि गर्न अनुदान मागौन
              महिला जुटी ब्यबसायीक खेती गरौ न।।

    २१       पशु पालन, मौरी पालन आय आर्जन गर्ने हो
                महिलाले नै नेतृत्व लिइ अधि सर्ने हो।।

    २२       नारी पुरुष दुबै जना रोजगारीमा गका छन
                रास्ट्रपति न्यायाधीश  महिला भाका छन

    २३    नारी पुरुष एकै रथका दुई पाङग्रा भन्नू छ
              डा, पाइलट  अधिकृत सबै बन्नु छ।।

    २४      उपमेयर महिला छौ, अब मेयर हुने छौ
             साम्सद बनी भर्स्टाचारको अन्त्य गर्ने छौ।।

    २५     भ्रस्टाचारको अन्त्य गरौ हामी महिला जुटेर
                सुशासन आउदैन महिला फुटेर ।।

    २६       टोलटोलमा आमाहरुको समुहमा पसौ न
              स्वरोजगार भै  अधि बढन कम्मर कसौ न ।।

    २७     बालबच्चा हुर्कायर, समाजमा हिडनेछौ
             देश बिकास गर्ने जिम्मा, हाम्ले लिने छौ।।

    २८      आफ्नो मुल्य मान्यतालाई नभुलेर नारीको
                इज्जत राख्नु पर्छ हामीले हाम्रो साडीको।।

    २९       शाहासी थिइन् पासङ ल्यामु, चढिन उच्च सिखर
               साहित्यमा झमक पनि बनिन प्रखर

    ३०.        सबल बन्छौ नारी पनि, नगरौ है तिरस्कार !
                   यत्ति भन्दै बिदा हुन्छौ हस्त ! नमस्कार । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
    सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान
    ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
    • तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
    • पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना
    • मत्स्यनारायणमा भक्तजनको घुइँचो
    • अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.