सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाट ९१९ किलो गाँजा बोकेर जाँदै गरेको ट्रक हेटौंडामा प्रहरीले लियो नियन्त्रणमा


  •    न्युजभित्तो/३१ भाद्र २०८०, आईतवार १६:२६ 
  • हेटौंडा, ३१ भदौ । चितवनको खुरखुरेबाट ९१९ किलो गाँजा लोड गरेर भारत जाँदै गरेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो ।

    ४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आज बिहान ४ बजे गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए ।

    बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए । भारतीय एन एल ०१ एसी २१४४ नंबरको ट्रकमा गाँजा बरामद भएको हो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाई रहेको छ ।

    पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेको प्रहरीको भनाई रहेको छ । लागु औषध ओसारपसारको लागि पक्राउ परेकाहरुले एउटा नेपाली नाम र नम्बर प्राप्त गरेको र उनको विषयमा आफूहरुले अनुसन्धानको लागि प्रक्रिया खघि बढाएको कार्कीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.