चितवन, ३१ भदौ । रिमालहरुको साझा संस्था रिमाल समाजका १२ औं साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार चितवनको भरतपुरमा सम्पन्न भएको छ । अग्रजहरुलाई सम्मान गर्दै साधारण सभा सम्पन्न भएको हो ।
सो अवसरमा समाजका अध्यक्ष डा.डिल्लीराम रिमालले रिमालहरुको कूल पूजालाई एकरुपता दिनुपर्ने भन्दै बलि प्रथा हटाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “कतै बलि दिएर कुल पूजा गर्ने र कतै बलि नदिई कुल पूजा गर्ने परम्परा छ, यसलाई एकरुपता दिनुपर्छ ।”
सभाले समाजका महासचिव रवि रिमालद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेशकुमार रिमालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कार्यक्रममा विभिन्न जिल्ला शाखाले आआफ्नो जिल्लाका गतिविधिबारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा अछामका बद्री रिमाल, कैलालीका डम्बर उपाध्याय रिमाल, झापाका हरिप्रसाद रिमाल, नुवाकोटका ईश्वरीप्रसाद रिमाल, धादिङ्गका राजकुमार रिमाल, चितवनका हरिप्रसाद रिमाल, लम्जुङका धनबहादुर रिमाल, दोलखाका जीवन रिमाल, मोरङका गोपालप्रसाद रिमाल लगायतले आआफ्नो जिल्लामा समाजले गरेका गतिविधिबारेमा बोल्नु भएको थियो ।
यसैगरी समाजका उपाध्यक्ष हरिप्रसाद रिमालले समाजले गरेको काम र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । निर्मल निरा शैक्षिक पुरस्कारबाट रुष्बु रिमाल र रिकेश रिमाल सम्मानित हुनु भएको छ । यस्तै विशिष्ठ रिमाल सम्मानबाट रामरत्न उपाध्याय रिमाल, गौरीनाथ रिमाल र कृष्णप्रसाद रिमाल सम्मानित हुनु भएको छ ।
यसैगरी समाजले जेष्ठ रिमालहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुनु हुनेमा चितवनका मोहदत्त रिमाल, धादिङका जानुका रिमाल, शेषकान्त रिमाल, खड्ककुमारी रिमाल, दोलखाका धनमाया श्रेष्ठ रिमाल, मोरङका पदमकुमारी रिमाल, लिलामाया घिमिरे रिमाल, कैलालीका कौशिला रिमाल, जया (जंगे) रिमाल, लोकबहादुर भण्डारी रिमाल, जौमतीदेवी बुढा रिमाल, कलसी भण्डारी रिमाल, नन्दकला रिमाल, सुर्खेतका कलधरी जैसी रिमाल, अछामका मैसरा बुढा जैसी रिमाल हुनुहुन्छ । सबै जिल्लाका जेष्ठ रिमालहरु कार्यक्रममा उपस्थित हुन नसक्नु भएकाले सम्बन्धित जिल्ला शाखाका प्रतिनिधि मार्फत् सम्मान पठाईएको हो ।
चितवन जिल्ला अध्यक्ष लालु शर्मा रिमालले स्वागत गर्नुभएको कार्यक्रम तिलक रिमालले सञ्चालन गर्नुभएको थियो । विभिन्न जिल्ला शाखाबाट चितवन आउनु भएकाहरुलाई चितवन शाखाले मायाको चिनो प्रदान गरेको थियो ।
रिमाल समाजले पुस्ताहरुको पहिचान गरी वंशावली प्रकाश गर्दै आएको छ । रिमालहरुको धर्म, संस्कृति र परम्परालाई जोगाई राख्न समाजले महत्वपूर्ण योगदान दिएको छ ।