रिमाल समाजको केन्द्रीय साधारण सभा भदौ ३० गते चितवनमा
न्युजभित्तो/२९ भाद्र २०८०, शुक्रबार ०६:१३
चितवन, २९ भदौ । रिमाल समाजको १२ औं केन्द्रीय साधारण सभा तथा सम्मान कार्यक्रम चितवनमा हुने भएको छ । भदौ ३० गते शनिबार चितवनको भरतपुरमा कार्यक्रम हुन लागेको हो ।
समाजका महासचिव रवि रिमालका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनसँगै रहेको पूर्व प्रहरी संगठनको सभाहलमा बिहान ११ बजेदेखि कार्यक्रम शुरु हुनेछ ।
सभामा महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम रहेको छ । यसैगरी जेष्ठ रिमालहरुको सम्मान कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । यस्तै निर्मल–निरा शैक्षिक पुरस्कार पनि साधारण सभाको अवसरमा प्रदान गरिने छ ।
रिमाल समाज चितवनका अध्यक्ष लालु शर्मा रिमालका अनुसार साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । साधारण सभामा केन्द्रीय समितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु र सबै जिल्ला शाखाबाट सहभागीहरु आउने कार्यक्रम रहेको छ । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्म बसोबास गर्ने सम्पूर्ण रिमालहरुलाई आमन्त्रण गरिएको र सभामा सहभागी हुने अपेक्षा गरिएको जिल्ला अध्यक्ष लालु शर्मा रिमालले बताउनुभयो । चितवन जिल्ला र गैंडाकोट क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण रिमालहरुलाई कार्यक्रममा सहभागी हुन आव्हान गरिएको छ ।