सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाट आश्रममा भेटिनुभएका बाबुको छोराछोरीले नसम्झँदाको गुनासो


  •    न्युजभित्तो/२८ भाद्र २०८०, बिहीबार १३:४६ 
  • चितवन, २८ भदौ । भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिनुभएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो । कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस फोनको आशमा आसमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उहाँ निकै निराश हुनुभएको थियो । बाटो हेर्दै गर्नुभएका श्रेष्ठलाई न छोरा छोरीको फोन आयो न त कुनै सन्देश नै ।

    उहाँले भन्नुभयो, “छोराछोरीको कमाइको के आश गर्नु ।” तीन भाई छोरा र दुई छोरी काभ्रेमा रहे पनि उहाँ श्रीमतीको निधन पछि आश्रममा बस्न थाल्नुभएको थियो । कहिलेकाहीँ घर गए पनि खासै चासो कसैले नदिएकाले श्रेष्ठको मन देवघाटतिर ढल्किएको हो । देवघाटमा रहँदा पनि तीर्थयात्रा गर्ने, भजन किर्तन गर्ने गर्दै आउनुभएका उहाँलाई अरु समयमा नभए पनि चाडपर्वका समयमा त छोराछोरीले सम्झेलान भन्ने थियो तर कसैले खबर नगरेपछि निराश हुनुभयो । श्रेष्ठले भन्नुभयो, “केही दिनअघि त फोन सम्पर्क भएको थियो । अहिले छैन । आश्रममा बस्दा र तीर्थयात्रा गर्दा हुने खर्च भने केही परिवारले पठाउने र केही आफ्नो भत्ताबाट जोहो हुँदै आएको छ ।
    देवघाटको रोटरी करुणालय आश्रममा बस्दै आउनुभएका काठमाडौँका शङ्करबहादुर खड्कीले पहिलाको जस्तो चाडबाडको मोह अहिले नरहेको बताउनुभयो । पहिलापहिला कुशेऔँसीमा छोराछोरीले के खानुहुन्छ भन्दै सोध्ने गरेका थिए तर श्रीमतीको निधन पछि उहाँ पनि एक्लो हुनुभयो ।

    माया गर्ने माइली छोरीको समेत निधन भएपछि शङ्करबहादुर काठमाडौँको विलासी जीवनभन्दा आश्रममा बस्न ठिक भन्दै यहाँ आउनुभएको हो । त्रीहत्तर वर्षीय उहाँका एउटा छोरा र चार छोरी छन् । छोरासँग सम्पर्क नभएको छ वर्ष भएको गुनासो गर्दै शङ्करबहादुरले भन्नुभयो, “बाबुको मुख हेर्ने दिन यहाँ आएका सबै आफ्नै छोराछोरी जस्तो लाग्छ ।”

    “छोराले वास्ता नगरे पनि छोरीहरुको त फोन आउँछ र भेट्न आउँछन् जस्तो लागे पनि कसैले नसम्झँदा निरास बनायो”, उहाँले थप्नुभयो, “छोराछोरी सबै काममा व्यस्त भएर होला नसम्झिएको । कमाउन र आफ्नो बालबच्चा त पाल्ने गर्नैप¥यो ।”

    आश्रममै रहनुभएका नवलपरासीको त्रिवेणीका ७३ वर्षीय विजयबहादुर घर्तीको स्वास्थ्यमा समस्या दखिन्छ । आश्रममा आएको दुई वर्ष भयो । जवानी उमेरको छोरो हराएपछि सन्तानको बिछोडले पिरलिनुभएका उहाँले बाबुको मुख हेर्ने दिन नआए पनि हुने भन्दै गुनासो गर्नुभयो । “छोरो हरायो, चार छोरीलाई ज्वाइँको जिम्मा लगाइयो । सबै आ–आफ्नै काममा व्यस्त, कसैले पनि सम्झने फुर्सद पनि पाएनन् कि जस्तो लाग्छ ।” अन्य समयमा भेटघाटका लागि आउने भए पनि चाडपर्वमा नआउँदा निकै खल्लो लाग्दोरहेछ”, बिजयबहादुरले भन्नुभयो, “चार्ड पर्वका समयमा विभिन्न व्यक्ति आश्रममा केही खानेकुरा लिएर आउँछन् ‘बा’ भन्छन् “ सबैलाई आफ्नै छोराछोरी सम्झन थालेको छु ।”

    लामो समय आश्रममा बिताउनुभएका पोखराका छविलाल उपाध्याय अधिकारी उर्फ विज्ञानानन्द पनि तीन छोरा र दुई छोरीका बाबु हुनुहुन्छ । उहाँलार्ई जीवन भनेको नै सङ्घर्ष हो भन्ने लाग्छ । छोराछोरी र नाति नातिनाप्रति कुनै गुनासो नभएको र १७ वर्ष अघिदेखि सन्यासी जीवन बिताउनुभएका ९२ वर्षीय बविलालले भन्नुभयो, “सांसारिक मोहबाट टाढै रहनु राम्रो हुँदोरहेछ । अहिले आनन्द छ ।”

    औँसीमध्ये कुशेऔँसी एक विशेष र महत्वपूर्ण तिथि हो । सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू विशेष प्रकृति र महत्वका छन् । कुशेआँैसी बुवाको मुख हेर्ने दिनका रुपमा पनि प्रख्यात छ । यस दिन छोराछोरीले आआफ्ना बाबुलाई मिठो मसिनो खान दिने र प्रफुल्लीत पारी आर्शिवाद लिने गर्दछन् । बुवा नहुनेले भने विभिन्न पवित्र स्थानमा गई मृतक बुवाको नाममा श्राद्ध गरि यथासक्य सिदालगायत अन्य दान गर्छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.