सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेटौँडामा अस्पताल भित्रै दुईजना डाक्टरमाथि कुटपिट


  •    न्युजभित्तो/२८ भाद्र २०८०, बिहीबार १२:२७ 
  • काठमाण्डौ, २८ भदौ । हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ । उपचारमा लापरबाही गरेको भन्दै हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि हिजो बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उहाँहरुमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    झण्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उहाँका आफन्तले डाक्टरमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

    अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानलाई आराम गर्ने भनेर घर लगिएको थियो । तर, केही दिनपछि उहाँको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । प्रहरीका अनुसार उहाँको उपचारका क्रममा ज्यान गएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.