सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुकुम पश्चिममा १३ वर्षीय छात्रा मृत फेला, विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ


  •    न्युजभित्तो/२५ भाद्र २०८०, सोमबार १०:५० 
  • दाङ,२५ भदौ । रुकुम पश्चिमको चौजहारी नगरपालिका–१ स्थित भ्याली पब्लिक स्कुलमा पढ्ने १३ वर्षीय छात्रा मृत फेला परेपछि प्रहरीले स्कुलकी प्रिन्सिपल र सञ्चालकलाई पक्राउ गरेको छ । आत्महत्या दुरुत्साहनको मुद्धा परेपछि स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

    स्कुलमा कक्षा ८ मा अध्ययनरत सृष्टि गौतमले शुक्रबार घर पुगी विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्। घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए।

    सोही जाहेरीका आधारमा बोर्डिङ स्कुलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको खड्काले जानकारी दिए ।

    पीडित पक्षकाअनुसार शुक्रबार छात्रा गौतमलाई प्रिन्सिपल भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितमा कुटपिट गरेकी थिइन्। प्रिन्सिपलकी भतिजीसँगै मृतक गौतम जाजरकोट घुम्न गएको विषयलाई उठाउँदै प्रिन्सिपल भाटले छात्रा गौतममाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.