सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धानमा गबारो रोगको समस्या


  •    न्युजभित्तो/१० भाद्र २०८०, आईतवार १३:१० 
  • नारायणगढ, १० भदौ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले वताउनुभयो ।

    धानमा देखिने गबारो कीरा पहेँलो र सेतो हुने गरेको उहाँले जानकारी दिनुभयो । यसले धान बालीलाई मात्रै नोक्सान गर्ने भए पनि गुलाबी र धर्के गबारोले अन्य बालीमा समेत असर पार्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पश्चिम चितवनमा ढिलो रोपाइ भएको हुँदा गबारोको समस्या लिएर किसान नआएको तर पूर्वी चितवनमा अलि पहिला रोपाइँ भएको थियो जहाँ गबारोको प्रकोप बढी देखिएको छ ।” यो रोग पश्चिम चितवनका खेतमा समेत फैलन सक्ने भएकाले कृषकलाई सजग गराइएको उहाँले बताउनुभयो ।

    गबारोको माउले पातको टुप्पोतर्फको तल्लो सतहमा अण्डा पार्ने र अण्डाबाट लार्भा निस्की डाँठमा प्वाल पारेर प्रवेश गर्दछ । यसले गुबो खाँदै तल वा माथि गई धानको बोटलाई असर गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको मौसम धानमा रोग लाग्नका लागि उपयुक्त छ ।” दिउँसोमा घाम नलाग्ने, घाम लागिहाले पनि बादलसँगै लाग्ने हुँदा धानमा गबारो तथा ढुसी लाग्ने सम्भावना बढी हुने उहाँले बताउनुभयो ।

    उहाँले धान बालीमा गबारोको प्रकोप सुरु भइसकेको भन्दै यसको व्यवस्थापनका लागि किसानलाई धानखेतमा नियमित निरीक्षण गरी पातको टुप्पोमा भएका गबारोका फुलहरू नष्ट गर्नसमेत अनुरोध गर्नुभएको छ । उहाँले थप्नुभयो, “गबारोको प्रकोप १० प्रतिशतभन्दा बढी भएमा कार्टप हाइड्रोक्लोराइड चार प्रतिशत वा फिप्रोनिल शून्य दशमलव तीन प्रतिशत वा क्लोरान्ट्रानिलिप्रोल शून्य दशमलव चार प्रतिशत जिआर ५०० ग्राम प्रतिकठ्ठाका दरले बालुवामा मिसाएर छर्न सकिन्छ ।”

    रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रवीण लामाले अहिले पूर्वी क्षेत्रमा गबारो रोगको सङ्क्रमण बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेतमा लागाइएका धानमा सङ्क्रमण दिनहुँ बढ्दै गएको छ, यसलाई नियन्त्रणका लागि हामी दैनिक खेत–खेतमा पुगेका छौँ ।” धान रोप्ने समयमा बीउको मुन्टा काटेर रोप्ने गर्दा गबारो कम लाग्ने उहाँले जानकारी दिनुभयो । यो सँगै यहाँका धान बालीमा पातको फेद डढुवा रोगको प्रकोपसमेत देखिएको छ । लगातार वर्षा, धानको बाक्लो रोपाइँ, माटोमा धेरै नाइट्रोजन भएमा पनि धानलाई ढुसीजन्य रोगले सङ्क्रमण गर्ने लामाको भनाइ छ ।

    जिल्लामा २४ हजार दुई सय ४७ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार यस वर्ष ९५ प्रतिशत धान रोपाइँ भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.