सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

न्यायाधीश र मन्त्रीका श्रीमतीको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा गिरोह पक्राउ


  •    न्युजभित्तो/५ भाद्र २०८०, मंगलवार १२:२० 
  • काठमाडौं,५ भदौ । फेसबुक ह्याक गरी ठगी गर्ने गिरोहले न्यायाधीशदेखि मन्त्रीसम्मका श्रीमतीलाई पीडित बनाएको खुलेको छ। बागमती प्रदेश सरकारका एक मन्त्री र काठमाडौं जिल्ला अदालतका एक न्यायाधीशका श्रीमतीको फेसबुक ह्याक भएको हो। उनीहरुको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा प्रहरीले गिरोहलाई पक्राउ गरेको छ।

    केहि दिन अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फेसबुक ह्याक गरी साथीको सूचीमा रहेकासँग पैसा माग गर्ने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको थियो।

    प्रहरीका अनुसार उक्त गिरोहले ३० वटा फेसबुक आईडि ह्याक गरेको पाइएको छ भने १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको देखिएको छ। न्यायाधीशकी श्रीमती रहेकी पीडित सर्वोच्च अदालतमा कार्यरत उपसचिव पनि हुन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.