सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अक्सफोर्ड कलेजद्वारा पत्रकारहरुलाई धम्की, महासंघद्वारा कारवाहीको माग


  •    न्युजभित्तो/४ भाद्र २०८०, सोमबार १९:२५ 
  • चितवन, ४ भदौ । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेजले सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई धम्की दिंदै आतंकित पार्ने काम गरेको यहाँका पत्रकार सम्बद्ध संघ संगठनहरुले जनाएका छन् । अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि भएको समाचार प्रकाशित भएपछि कलेजले सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको हो । उक्त घटनाको सर्वत्र निन्दा र भत्र्सना गरिएको छ ।

    कलेजको यस्ता गतिविधिप्रति नेपाल पत्रकार महासंघ चितवनले निन्दा गरेको छ । महासंघका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले आज विज्ञप्ति प्रकाशित गरी घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ “साउन ३१ गते टिकौली जंगलमा अक्सफोर्ड कलेज गैंडाकोटको बसले ठक्कर दिई भएको दुर्घटनाका सन्दर्भमा आज विभिन्न सञ्चार माध्यममा प्रकाशित बस चालकले गाँजा सेवन गरेको विषयका समाचारलाई लिएर कलेजका तर्फबाट गरिएको क्रियाकलापप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।”

    कलेजका सञ्चालक एवं प्रिन्सिपल हरि भण्डारीका छोरा रोहन भण्डारीको नेतृत्वमा चितवन पोष्ट दैनिक र नारायणी अनलाईनको कार्यालयमा गएको टोलीले कार्यालयमा रहेका पत्रकार गोविन्द अर्याल र राजु चौधरी सहितका पत्रकार एवं सञ्चारकर्मीहरुमाथि गरिएको दुव्र्यवहार एवं धम्कीको महासंघले घोर निन्दा गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ “कुनैपनि समाचारप्रति चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने बाटो रहन्छ । तर, सञ्चार माध्यमको कार्यालयमा हुलसहित गएर धाकधम्की एवं चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारिता माथिको आक्रमण हो भन्ने हाम्रो ठम्याइँ छ ।” महासंघले दुवै सञ्चार माध्यम र त्यहाँ कार्यरत पत्रकार एवं सञ्चारकर्मीको तत्काल सुरक्षाको प्रबन्ध गर्न र दोषीमाथि कारवाही गर्न जोडदार माग गरेको छ ।

    यसैगरी चितवन पोष्ट दैनिकले आज प्रेस विज्ञप्ति प्रकाशित गरी कलेजका सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारी सहितको टोलीले कार्यालयमा आई धम्क्याएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ “कार्यालयमा आई धम्कीपूर्ण भाषा प्रयोग गरी पत्रकार सञ्चारकर्मीहरुलाई आतंकित पार्ने कामप्रति यस दैनिकको गम्भीर ध्यानाकर्षण भएको छ ।”

    जिल्ला प्रहरी कार्यालय चितवन र चितवन मेडिकल कलेजको आधिकारिक सूचनाका आधारमा समाचार प्रकाशित गरिएको विज्ञप्तिमा जनाईएको छ । प्रबन्ध निर्देशक गोविन्द अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ “समाचारमाथि चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने अवस्थामा सञ्चार माध्यमको कार्यालयमा आई धाकधम्की र चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको हाम्रो ठम्याई छ ।” यस्ता कार्यले असुरक्षित महसुस गराएको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनसँग आग्रह गरिएको छ ।

    यसैगरी नारायणी अनलाईनको प्रकाशक संस्था नारायणी मिडिया हाउस प्रा.लि. विज्ञप्ति प्रकाशित गरी गण्डागर्दी शैलीमा पत्रकार र सञ्चारकर्मीहरुमाथि आतंकित पार्ने कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रधान सम्पादक राजु चौधरीद्वारा जारी विज्ञप्तिमा अक्सफोर्ड कलेजका सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारी सहितको टोलीले यस अनलाईनको कार्यालयमा आई गुण्डागर्दी शैलीमा पत्रकार तथा सञ्चारकर्मीहरुलाई आतंकित पार्ने कार्य भएको उल्लेख छ ।

    कलेजबाट परिचालित भएका अराजक समूहले मिडियामाथि धम्की दिएको विज्ञप्तिमा जनाईएको छ ।

    यसैगरी प्रेस चौतारी नेपाल चितवन शाखाले विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भत्र्सना गरेको छ । शाखा अध्यक्ष सुवास पण्डितद्वारा जारी विज्ञप्तिमा कलेज प्रशासनको निर्देशनमा गरिएको हर्कतको निन्दा गरिएको हो ।

    विज्ञप्तिमा पत्रकारहरुको सुरक्षाको प्रत्याभूति दिन र दोषीमाथि हदैसम्मको कानुनी कारवाही गर्न जोडदार माग गरिएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.