सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सात लघु उद्यमी समूहलाई महानगरद्वारा प्रविधिका सामान सहयोग


  •    न्युजभित्तो/४ भाद्र २०८०, सोमबार १५:५३ 
  • चितवन,४ भदौ । भरतपुर महानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत सात समूहलाई प्रविधि हस्तान्तरण गरेको छ ।

    उद्यमी समूहलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्रकुमार रानाले संयुक्त रुपमा प्रविधि हस्तान्तरण गरेका हुन् ।

    महानगरबाट सञ्चालित मागका आधारमा तालिम लिएका वडा नम्बर १३, २३, २४ र २५ नम्बरका उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रविधिका सामानहरु हस्तान्तरण गरिएको हो ।

    हस्तान्रणपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरबासीलाई दक्ष जनशक्ति बनाउन यस्तो कार्यक्रम ल्याइएको उल्लेख गरिन् । महानगरले मागको आधारमा तालिम दिई आवश्यक यन्त्र उपकरण उपलब्ध गराउदै आएको जानकारी पनि दिइन् । यस्ता कार्यक्रमले उद्यमीहरुलाई स्वालम्बी, आत्मर्निभर बनाउन सहयोग पु¥याएको उनको भनाइ छ ।
    मेयर दाहालले आगमी दिनमा महिलासँग मेयर कार्यक्रम, मेयरसँग युवा कृषक कार्यक्रममार्फत उद्यमीलाई थप प्रविधिहरु हस्तान्तरण गरिने पनि बताइन् । उद्यमीहरुलाई केराको सुत्लाबाट रेसा निकाल्ने मेशिन १ थान, कुखुरालाई दाना दिने भाँडो २५० थान, मिक्चर दुई थान, भट्टी चुलो २ थान , पानी ट्याङ्की ९ थान, लुगा सिलाउने मेशिन २ थान र ईन्टरलक मेशिन चार थान दिइएको हो । प्रविधिलाई तीन लाख ९६ हजार १८० रुपैयाँमा खरिद गरिएको महानगरको सामाजिक शाखाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.