सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा देखिएको बाघलाई अझै नियन्त्रणमा लिन सकिएन


  •    न्युजभित्तो/४ भाद्र २०८०, सोमबार ११:२३ 
  • चितवन,४ भदौ । बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ । साउन २५ गतेदेखि निकुञ्जको टोली परिचालन भएको भए पनि अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सकेको छैन । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अहिले वाघ मेघौली क्षेत्रमा रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिनका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा २२ जना खटिएका छन् ।

    यस्तै दैनिक सात हात्ती परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । हात्तीलाई आवश्यकताअनुसार थपघट गरिँदै आएको छ । टोलीले बाघ भेटेको भए पनि डार्ट गर्न नसक्दा नियन्त्रणमा लिन कठिन भएको हो । तिवारीका अनुसार अनुमानित आठ वर्षको यो बाघ बस्तिको छेउ छाउमा आउने, पशु चौपायमाथि आक्रमण गर्न थालेपछि यसलाई नियन्त्रणमा लिन लागिएको हो । उहाँले भन्नुभयो, “बाघ बस्ती क्षेत्रमा बस्न नरुचाउने जनावर हो । यो किन बस्तीको नजिक बस्न थाल्यो भन्ने विषयमा बुझ्दै छौँ ।” बस्ती क्षेत्र आसपासमा बस्न खोज्नुले बाघको अवस्थाबारे बुझ्न र नियन्त्रणमा लिएर निकुञ्ज आसपासका जनतालाई त्रास मुक्त बनाउन टोली खटाइएको हो ।

    निकुञ्जले बाघ नियन्त्रणमा लिए पनि राख्ने ठाउँको भने अभाव भएको छ । बाघ राख्ने खोरको अभावका कारण नियन्त्रणमा लिएपछि बाघलाई कहाँ राख्ने भन्ने अन्यौल छ । केही महिनाअघि नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो भने साउनमा नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको भित्री क्षेत्रमा लगेर छोडिएको थियो ।

    निकुञ्जको खोरमा अहिले पनि पाँच बाघ रहेका छन् । कसरामा रहेका तीन बाघमध्ये एउटा चार वर्ष घि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो अन्दाजी १० वर्षको भाले बाघ हो । गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्को देवनगरबाट तीन वर्ष अघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

    तीन वटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा रहेका दुई बाघमध्ये एउटा यही साउन महिनामा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त बाघ अन्दाजी चार वर्षको भाले हो । अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.