सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता


  •    न्युजभित्तो/२६ आश्विन २०७६, आईतवार ११:३२ 
  • काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट गर्नुभएको छ ।

    राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरु एवं पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।

    राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत हुनुभएकाले दुई पार्टीबीच उच्चस्तरमा छलफल भएको थियो । यही असोजमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी हुनुहुन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.