सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आँखा पाक्ने रोगको प्रकोप बढेपछि मन्थलीका विद्यालयमा पठनपाठन बन्द


  •    न्युजभित्तो/२९ श्रावण २०८०, सोमबार १४:०३ 
  • काठमाडौ,२९ साउन। विद्यार्थी र शिक्षकमा आँखा पाक्ने रोग देखापरेपछि रामेछापको मन्थली नगरपालिकामा रहेका पाँचवटा विद्यालयको पठनपाठन बन्द गरिएको छ।

    विद्यालयका अधिकांश विद्यार्थीमा आँखा पाक्ने रोग देखा परेपछि जिल्लाको सबैभन्दा बढी विद्यार्थी रहेको मन्थली माध्यमिक विद्यालयले आइतबारदेखि एक हप्ताका लागि पठनपाठन बन्द गरेको छ। प्रधानाध्यापक टंकप्रसाद दाहालका अनुसार विद्यालयका नाै शिक्षक र चार सयभन्दा धेरै विद्यार्थीमा आँखा पाक्ने रोग देखा परेको छ।

    मन्थलीका अन्य चारवटा निजी विद्यालयले भने साउन ३१ गतेसम्म तीन दिनका लागि विद्यालय बन्द गरेका छन्। जसमा तामाकोसी इंग्लिस बार्डिङ स्कुल, कर्कलादेवी बाेर्डिङ स्कुल, लिटिलस्टार इंग्लिस वोडिङ स्कुल र नर्मदेश्वर इंग्लिस बाेर्डिङ स्कुलले तीन दिनका लागि पठनपाठन बन्द गराएका हुन्।

    पछिल्लो केही दिनयता रामेछापमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ। सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल, मन्थली अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचार लिन आउने बिरामीको संख्या निकै बढेको मन्थली अस्पतालका डा. केशव धामीले जानकारी दिए।

    उनका अनुसार अहिले दैनिक सरदर ५० को हाराहारीमा आँखाका बिरामी अस्पतालमा उपचार लिन आउने गरेका छन्। त्यस्तै, अन्य अस्पतालमा पनि दैनिक ५० देखि सयको हाराहारीमा आँखाका बिरामी उपचार लिन जाने गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.