सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नक्कली भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा


  •    न्युजभित्तो/२९ श्रावण २०८०, सोमबार १२:३८ 
  • काठमाडौँ,२९ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् । साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेको थियो ।

    तर, डा यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको एसपी नवराज अधिकारीले रातोपाटीलाई जानकारी दिए । यसअघि नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको भेटिएको मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले रातोपाटीलाई बताएका थिए । लगत्तै काउन्सिलले नाम जुधेका दुईजना मानिस अलग हुन भनेर पत्र लेखेर पठाएको थियो ।

    डा। यादव र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नामबाहेक अरु नाम थर मिलेको भेटिएको छ । उनी जनकपुरमा पढेका हुन् ।

    ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् ।

    यादव पनि रिहा भएपछि अब अरू ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन् । सीआईबीको हिरासतमा शिक्षण अस्पतालमा कार्यरत डा अमित चौधरी, डा रामबाबु यादव, डा एरिना शाह, ईशान बाल अस्पतालमा कार्यरत डा। श्रद्धा शिल्पकार, मोरङबाट पक्राउ गरिएका डा मनित चौधरी र गोठाटारबाट पक्राउ परेकी डा पुनम थापा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.