सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्यो दिन, जसले अझै झस्काउँछ


  •    /१२ बैशाख २०७६, बिहीबार १२:५५ 
  • चितवन । वि.सं. २०७२ सालको वैशाख १२ गते शनिबार, विहान ११ बजेर ५६ मिनेट । यति भनेपछि सबैलाई त्यो दिनको स्मरण हुन्छ, विनासकारी भूकम्प । ७ दशमलव ६ रेक्टर स्केलको उक्त विनासकारी भूकम्पको आज चार वर्ष पूरा भएको छ । उक्त भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पु¥यायो । चार वर्ष वितिसक्दा पनि मानिसहरुको मष्तिष्कमा त्यस भूकम्पको त्रास बाँकी नै छ । त्यसैको कारण हुनसक्छ सानोतिनो परकम्प जाँदा पनि मानिसहरुमा त्रास उत्पन्न भएको देखिन्छ ।

    वि.सं. १९९० साल पछिको सबैभन्दा ठूलो झण्डै एक मिनेटसम्म हल्लाएको २०७२ सालको भूकम्पले पछिल्लो पुस्तालाई भूकम्पको विनास र त्रासको नमीठो अनुभव दियो । त्यस भूकम्पमा परी झण्डै नौ हजार मानिसले ज्यान गुमाए भने २२ हजार भन्दा बढी मानिस घाइत भए ।

    गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवन पूर्ण रुपमा क्षति तथा ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भयो । त्यस्तै, सर्वसाधारणका ६ लाख २ हजार दुई सय ५७ वटा घर पूर्ण रुपमा क्षति भए भने २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भयो । भूकम्पले धरहरालगायत उपत्यकाका धेरै सम्पदा पनि ध्वस्त पा¥यो ।

    वि.सं. १९९० साल माघ २ गते दिनको २ बजेर २४ मिनेटमा संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रविन्दु बनाएर आएको ८ दशमलव २ रेक्टर स्केलको भूकम्प भन्दा पनि २०७२ सालको भूकम्पबाट बढी क्षति व्यहोर्नु प¥यो । नब्बे सालको भूकम्पमा ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएका थिए । त्यस्तै, १२ हजार ३ सय ९७ घर पूर्ण रुपमा ध्वस्त र ४३ हजार ३ सय ४२ घर क्षतिग्रस्त भएका थिए । नब्बे सालको भूकम्प जाँदा काठमाडौँ उपत्यकाको जनसंख्या झण्डै २ लाख थियो भने अहिले ३५ लाख भन्दा बढी रहेको छ ।

    २०७२ सालको विनासकारी भूकम्पको चार वर्ष भइसक्दा पनि अझैपनि त्यस भूकम्पका परकम्प जाने गरेका छन् । उक्त विनासकारी भूकम्पको चार वर्ष पुग्नु एकदिन अघि मात्रै धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर गएको परकम्पले मानिसहरुलाई फेरि पनि झस्कायो । विनासकारी भूकम्पको कहालीलाग्दो अवस्था भोगेका मानिसहरुलाई यस्ता परकम्पले तर्साउने गरेको छ । नेपाल भूकम्पको उच्च जोखिममा रहेकोले फेरि पनि कुनै पनि बेला ठूलो भूकम्प जानसक्ने हुँदा सतर्कता अपनाउन भूकम्पविद्हरुले सुझाव दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.