सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा १४ को मृत्यु


  •    न्युजभित्तो/२४ आश्विन २०७६, शुक्रबार २१:५८ 
  • सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।

    सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो ।

    सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना भएको हो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचास बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

    क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुनसक्ने देखिन्छ । दुर्घटनामा घाइते धेरै भएको अनुमान छ । थप विवरण आउन बाँकी रहेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो ।

    हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रु बढी भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेको हेलिकप्टरबाटसमेत उद्धार गरिएको थियो ।

    बस दुर्घटनामा परी घाइते भएकाको काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपामा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घाइतेमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ६७ जना र शिर मेमोरियल अस्पताल बनेपामा १६ जना गरी ८३ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि एक बालकलाई काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा ‘रिफर’ गरिएको गिरीले बताउनुभयो । उहाँका अनुसार उपचारका लागि ल्याउने क्रममा मुत्यु भएका जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी र मीना मगरको शव धुलिखेल अस्पतालमा रहेको छ ।

    बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको घाइते सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ सिपाटारका सूर्यबहादुर तामाङका अनुसार गाडीमा अधिक यात्रु रहेको र अगाडिको पाङ्ग्रामा हावा कम भएको भन्ने कुरा गरेको कारण गाडी रोकिसकेको अवस्थामा चिप्लेर पल्टेको हो । “विस्तारै रोकेर अगाडिको शीतलमा गएर काम गर्ने भनेर कुरा गरिरहेकै बेला गाडी चिप्लेर पल्टिहाल्यो”, तामाङले भन्नुभयो, “घाइतेमध्ये कोही दशैँमा घर आएर शहर फर्कने, कोही आफन्तकोमा आएर फर्कने रहेका छन् ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.