सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनका राष्ट्रपति सी चिनफिङ दुई दिनपछि नेपाल आउनुहुँदै

"राजनीतिक दलका वरिष्ठ नेताहरुले बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने "

  •    न्युजभित्तो/२२ आश्विन २०७६, बुधबार १३:२७ 
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्नुहुने भएको छ ।

    चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

    राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी तथा उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुना सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    चिनियाँ राष्ट्रपतिसँग नेपालका विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरुले बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.