सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालकै पहिलो थारु अनुसन्धान केन्द्र चितवनमा


  •    न्युजभित्तो/२० आश्विन २०७६, सोमबार १३:१८ 
  • भरतपुर । चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा नेपालकै पहिलो थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले उद्घाटन गर्नुभयो ।

    सङ्ग्रहालयसँगै स्थापना भएको अनुसन्धान केन्द्र नेपालकै पहिलो हो । अहिलेसम्म नेपालमा सङ्ग्रहालयसँगै अनुसन्धान केन्द्र बनेको छैन ।

    लामिछानेले थारु कला संस्कृतिको बारेमा अनुसन्धान गर्न अब सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । अनुसन्धान केन्द्रको भवन निर्माणका लागि लामिछाने नै अध्यक्ष रहेको खेमलाल – हरिकला लामिछाने प्रतिष्ठानले १२ लाख ३१ हजार १ सय ६१ रुपैयाँ सहयोग गरेको थियो । यस्तै निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत सांसद सुरेन्द्र पाण्डे र रुकमणि चौधरीबाट १० लाख, साविक बछौली गाविस (रनपा वडा नं ५, ६ र ७) बाट चार लाख, थारु सांस्कृतिक सङ्ग्रहालयको आन्तरिक स्रोतबाट पाँच लाख, स्वयंमसेवी विद्यार्थी फ्रान्सबाट दुई लाख रुपैयाँ र अन्य सङ्घसंस्थाबाट सहयोग प्राप्त भएको सङ्ग्रहालयका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिनुभयो ।

    कार्यक्रममा थारु सांस्कृतिक सङ्ग्रहालयले समाजसेवी लामिछानेलाई सम्मान गरेको थियो । उहाँलाई रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सम्मान पत्र प्रदान गर्नुभयो ।

    रत्ननगर नगरपालिकाका प्रमुख वनले चितवनको पर्यटन थारु समुदायसँग जोडिएकोले थारु संस्कृति जोगाउनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । थारु सांस्कृतिक सङ्ग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले थारु समुदायको बारेमा चासो राख्ने र अनुसन्धान गर्नेका लागि अनुसन्धान केन्द्र सहयोगी बन्ने बताउनुभयो ।

    बछौलीमा २०६३ सालमा थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना भएको थियो । अहिले यो सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी तथा स्वदेशी पर्यटक आउने गरेका छन् । स्थानीय थारु समुदाय, राष्ट्रिय प्रकृति संरक्षण कोष र थारु सांस्कृतिक सङ्ग्रहालय मिलेर अनुसन्धान केन्द्रको स्थापना गरेका हुन् ।

    कार्यक्रममा नेपाल जर्मन फ्रेण्डसिपका अध्यक्ष तथा एनआरएनएका पूर्वउपाध्यक्ष रामप्रताप थापा, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाका आयोजना प्रमुख रामकुमार अर्याल, रनपा ५ का वडाध्यक्ष कृष्ण महतो, थारु कल्याणकारिणी सभाका पूर्वकेन्द्रीय सदस्य, थारु सङ्ग्रहालयका सल्लाहकार सत्यनाराण चौधरी, सङ्ग्रहालयका संरक्षक वासु चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष वासुदेव ढुङ्गानालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.