थला परेको लेयर्स कुखुरापालन व्यवसायलाई दिगो बनाउन एग ट्रेडिङ्ग प्रा.लि.सञ्चालनमा
न्युजभित्तो/१४ बैशाख २०८०, बिहीबार १८:०८
काठमाण्डौं, १४ वैशाख । लागत मूल्यभन्दा पनि यस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाई राख्न व्यवसायीहरुले एग ट्रे्डिङ्ग प्रा.लि. सञ्चालनमा ल्याएका छन् । व्यवसायीहरुले काठमाण्डौंको चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगाअड्डामा एग ट्रे्डिङ्ग प्रा.लि. सञ्चालनमा ल्याएका हुन् ।
प्रा.लि.को आज एक कार्यक्रमका बीच नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि बिष्टले पोल्ट्री क्षेत्रमा विगतमा नाकाबन्दी, भूकम्प र त्यसपछिको कोभिड–१९ले धरासायी बनाएको बताउँदै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । व्यवसायीले मात्रै अहिलेको समस्या समाधान गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो “आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासयी भएको छ, यसतर्फ राज्यको ध्यान जानुपर्छ ।”
रसिया–युक्रेनको युद्ध पश्चात् पोल्ट्रीका लागि आवश्यक पर्ने मकै, भटमासको पिना, पशुपन्छी औषधि, फिड सप्लिमेण्टस् लगायतका अत्यावश्यक कच्चापदार्थहरुमा अत्यधिक मूल्यबृद्धि भएको चर्चा गर्दै उहाँले उत्पादनका लागत मूल्य नपाउँदा यस क्षेत्रका कुखुरापालक किसान, अण्डा उत्पादक किसान लगायतका सम्पूर्ण पोल्ट्री क्षेत्र नै पलायन हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले संस्था बलियो हुन नसके स्थायी हुन नसक्ने बताउँदै संस्थाको स्टेन्थ बढाउनु पर्ने बताउनुभयो ।
सो अवसरमा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष पोखरेल नेपाल सरकारबाट निजी क्षेत्रको एकमात्र आत्मनिर्भर घोषणा भएको पोल्ट्री क्षेत्रलाई वेवास्था भएको चर्चा गर्दै रु.एक खर्ब ६० अर्ब लगानी रहेको पोल्ट्री व्यवसायीलाई राज्य र निजी क्षेत्र मिलेर बचाई राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “प्रत्यक्ष र अप्रत्यक्ष गरी पाँच लाखलाई राजगारी दिएका छौं । कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत र कृषि क्षेत्रमा मात्रै २५ प्रतिशतको योगदान पोल्ट्री क्षेत्रको रहेको छ ।” पोल्ट्री क्षेत्रमा पनि लेयर्स कुखुरा पालन क्षेत्रमा यसको हिस्सा सबैभन्दा बढी रहेको पोखरेलको भनाई छ ।
लेयर्स कुखुरापालन क्षेत्रलाई पुनः पहिलाकै सहज अवस्थामा फर्काउन आवश्यक थप चालू पुँजीको चरम अभाव भएको भन्दै उहाँले वर्तमान विषम परिस्थितीमा यो क्षेत्रले बैंक कर्जाको व्याज र किस्ता दिन नसक्ने अवस्था पुगेको बताउनुभयो । उहाँले भन्नुभयो “यो स्थितिमा समग्र उद्योग, व्यवसाय बन्द गरी पलायन हुने अवस्था रहेको छ ।” चरम प्रतिकूल अवस्थामा गुज्रिरहेको पोल्ट्री क्षेत्रलाई अण्डाको लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम रहेको उहाँले जानकारी दिनुभयो । विगत ४ वर्षदेखि रु. ७ प्रति गोटा अण्डा बिक्री गरिरहनु परेको बताउँदै पोखरेलले विगतमा दैनिक ५५ लाख उत्पादन भै रहेका अण्डा हाल दैनिक ३५ लाखमा झरेको बताउनुभयो । उहाँले थप्नुभयो “यस्तो परिस्थितिले लेयर्स कुखुरापालक किसानहरु थप पलायन हुने अवस्थामा रहेका छन् ।”
नेपाल पोल्ट्री महासंघका महासचिव मिश्रले लेयर्स कुखुरापालकलाई थप धराशायी हुन नदिन राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “अरबौंको पूँजी डुब्न नदिन र लाखौंको रोजगारी जोगाउन राज्यको ध्यान पुग्नु पर्छ ।” लेयर्स कुखुरापालक किसानद्वारा उत्पादित अण्डाको वैज्ञानिक र व्यवहारिक लागत मूल्य कायम गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो “उपभोक्तालाई अत्यन्तै न्यून लागत मूल्यमा प्राप्त हुने प्रोटिन तथा पोषणतत्वमा योगदान दिनईरहेका किसानलाई बर्चाइ राख्नु राज्यको दायित्व हो ।”
उद्योग संघ चितवनका अध्यक्ष कँडेलले अन्य उद्योग व्यवसायसँगै पोल्ट्री क्षेत्र आर्थिक संकटबाट गुज्रिरहेको बताउँदै राज्यले बैंकिङ् नीतिमा तत्काल पुनर्विचार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्र बैंकको नीतिका कारण उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेका छन् ।”
एग ट्रे्ङ्गि प्रा.लि.का अध्यक्ष ढकालले किसान र उपभोक्ताको हितमा काम गर्ने गरी गत फागुन ४ गते नेपाल लेयर्स कुखुरापालक संघ गठन गरी अण्डाको बजारीकरण गरिंदै आएको बताउँदै भावी कार्ययोजना बनाउन, राज्यलाई थप योगदान गर्न, थप रोजगारी सिर्जना गर्न, व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन आवश्यकता महसुस गरी यस प्रालिको स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “समग्र नेपाल भरीका लेयर्स कुखुरापालक किसानलाई कमसेकम लागत मूल्य प्रदान गर्न, अण्डा सप्लायर्सहरुको न्यूनतम नाफा सुरक्षित गरी उपभोक्तालाई सम्भव भएसम्मको न्यून मूल्यमा प्रोटिन तथा पोषणतत्वले भरिपूर्ण अण्डा उपलब्ध गराउनका लागि हाम्रो प्रयास जारी छ ।” प्रा.लि.ले नेपालमा उत्पादिन अण्डाको बजार प्रतिबद्धनसँगै उपभोक्ता र उत्पादनको हितमा काम गर्ने उहाँको भनाई छ ।