सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विप्लवका जिल्ला इन्चार्ज र सेक्रेटरीले गरे आत्मसमर्पण


  •    न्युजभित्तो/१८ आश्विन २०७६, शनिबार ०७:५२ 
  • सर्लाही । नेत्र विक्रम चन्द, विप्लव समूहका महोत्तरी जिल्ला इन्चार्जसहित दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् ।

    आत्मसमर्पण गर्नेमा विप्लव समूहका जिल्ला इन्चार्ज बर्दिबास नगरपालिका–२ का ३८ वर्षीय रूपेश भन्ने रुकबहादुर कार्की र जिल्ला सेक्रेटरी गौशाला नगरपालिका–८ कुशमारी बैलवासका ४६ वर्षीय भीमबहादुर आले रहेका छन् । उनीहरुले शुक्रवार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका हुन् ।

    उनीहरुले विप्लव समूहले गर्दै आएको क्रियाकलापहरूमा आफुहरुलाई चित नबुझेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत नेपाल सरकारसमक्ष आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।

    ‘अब उप्रान्त हामीले नेपालको संविधान र प्रचलित कानूनविपरीतका कुनै पनि कार्य गर्ने गराउने छैनौँ र त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानूनबमोजिम सजाय भोग्न तयार रहेका छौँ’ भन्दै लिखित रूपमा दुवै जनाले कागजसमेत बनाएका प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो ।

    आत्मसमर्पण गरेका दुवै जना यही असोज १० गते सर्लाही सदरमुकाम मलङ्गवाको शिवसागर चौकबाट पक्राउ परेका थिए । प्रहरी हिरासतमै दुवैजनाले विप्लव समूह परित्याग गरी आत्मसर्मपण गरेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कानुनी प्रक्रिया पूरा गरेर छाडिएको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो ।

    विप्लव समूह परित्याग गरेका दुवै जना हिजो साँझ नै सरकारको नेतृत्व गरेको नेकपामा प्रवेश गरेका छन् । दुवैजनालाई नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले पार्टी प्रवेश गराउनुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.