सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टीकाको दिन सेनाको निःशुल्क बस सेवा


  •    न्युजभित्तो/१७ आश्विन २०७६, शुक्रबार २३:२९ 
  • काठमाडौँ । दशैँको टीकाको दिन नेपाली सेनाले उपत्यकाको विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

    टीकाका दिन काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून मात्र सञ्चालन हुने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्याउने उद्देश्यले बस सेवा सञ्चालन गर्न लागिएको हो । सो दिन सेनाले विभिन्न सात रुटमा बस सञ्चालन गर्नेछ । सेनाका बस बिहान, दिउँसो र साँझ सञ्चालनमा आउनेछन् ।

    सेनाका मुख्यालय भद्रकालीलाई केन्द्र मानेर ती बस सञ्चालन हुनेछन् । बिहान ८ देखि १०ः३०, दिउँसो १ देखि ३ र साँझ ४ बजेदेखि ६ बजेसम्म निःशुल्क बस सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ । भद्रकाली–कालिमाटी–कलङ्की–नागढुङ्गा, भद्रकाली–बल्खु–कीर्तिपुर,भद्रकाली–बानेश्वर–काटेश्वर–गठ्ठाघार–सूर्यविनायक र भद्रकाली–लैनचौर–महाराजगञ्ज–बूढानीलकण्ठसम्म सेनाका बस चल्नेछन् ।

    त्यस्तै भद्रकाली–चाबहिल–जोरपाटी–थली–साँखु, भद्रकाली–बानेश्वर–कोटेश्वर–सातदोबाटो–कलङ्की–सीतापाइला–बालाजु–महाराजगन्ज–चाबहिल–गौशाला एयरपोर्ट–तिनकुने–भद्रकाली (चक्रपथ) र भद्रकाली–बानेश्वर–तिनकुने–एयरपोर्ट–गौशाला–चाबहिल–महाराजगञ्ज–बालाजु–सितापाइला–कलङ्की–सातदोबाटो–कोटेश्वर–बानेश्वर हुँदै भद्रकाली (चक्रपथ) रुटमा सेनाको बस चल्नेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.