पत्रकारको सुरक्षामा गम्भीर बन्न उपाध्यक्ष पोखरेलको सरकारसँग आग्रह
न्युजभित्तो/१६ आश्विन २०७६, बिहीबार २०:०२
काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले समाचार लेखेकै आधारमा पत्रकार अजयबाबु शिवाकोटीलाई सुरक्षा चुनौती आएको बताउँदै शिवाकोटीको सुरक्षामा गम्भीर बन्न सरकारसँग आग्रह गर्नुभएको छ ।
पोखरेलले समाचारका विषयमा चित्त नबुझेमा अपनाउनु पर्ने बाटो खुला हुँदाहुँदै सुरक्षा चुनौती आउनु गम्भीर भएको बताउनुभयो । न्यूजभित्तो डटकमसँग कुरा गर्दै उपाध्यक्ष पोखरेलले सुरक्षा चुनौती दिने तत्वको निन्दा गर्नुभयो।
पत्रकार शिवाकोटीलाई सुरक्षा चुनौती दिने तत्वको पहिचान गरी कानुनी कारवाहीको दायरामा ल्याउनसमेत उपाध्यक्ष पोखरेलले सरकारसँग माग गर्नुभएको छ । पत्रकार शिवाकोटीको सुरक्षाको सवालमा पत्रकार महासंघले गम्भीर चासो प्रकट गरेको भन्दै पोखरेलले शिवाकोटीको सुरक्षामा गम्भीर बन्न सरकारसँग आग्रह गर्नुभएको हो ।