कृष्णबहादुर महराबाट दुर्व्यवहार भएको भनिएकी रोशनी शाहीले प्रहरीमा दिइन् निवेदन
न्युजभित्तो/१५ आश्विन २०७६, बुधबार २३:२६
काठमाडौँ । सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूमाथि कुनै दुर्व्यवहार नभएको दावी गर्दै प्रहरीलाई निवेदन दिएकी छिन् ।
शाहीले तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा आज साँझ आफैँ उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराएकी हुन् । उनले दिएको लिखित निवेदनमा भनिएको छ, “म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियामा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।”
पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभएको छ ।
शाहीले महराबाट आफुमाथि दुर्व्यवहार भएको सनसनीपूर्ण अभिव्यक्ति मिडियामा दिएपछि सबैतिरबाट आलोचना भएका महराले सभामुख पदबाट राजिनामा दिइसकेका छन् ।